इन्फो नेपाल — सञ्चारको सञ्जाल

ह्वावेको ‘पी५० प्रो’ अब विश्व बजारमा

काठमाडौं । ह्वावेले ईएमयूआई १२ सफ्टवेयर सिस्टमसहित ‘ह्वावे पी५० प्रो’ विश्वबजारमा सार्वजनिक गर्ने भएको छ । खासगरी यो स्मार्टफोन चिनियाँ प्रयाेगकर्ताका लागि हार्मोनी अपरेटिङ सिस्टमअन्तर्गत डिजाइन गरिएको छ । ईएमयूआईको पछिल्लाे भर्सनले नयाँ फिचरसहित प्रयोगकर्तालाई उत्कृष्ट अनुभव प्रदान गर्ने ह्वावेकाे अपेक्षा छ । यसको युजर इन्टरफेस हार्मोनी ओएस २.० अपरेटिङ सिस्टमसँग मिल्दोजुल्दो हुनेछ । तर सुपर डिभाइस, सर्भिस सेन्टर एटोमिक सर्भिस स्निपेस्ट जस्ता सुविधाको सन्दर्भमा भने उल्लेख्य भिन्नता रहनेछ । फाेनमा भएको नयाँ कन्ट्रोल प्यानल नै याे सफ्टवेयर भर्सनको मुख्य अंश रहेकाे कम्पनीकाे भनाइ छ ।ह्वावे पी५० प्रोको फिचरको कुरा गर्दा यसमा १२० हर्जसम्मको रिप्रेस रेट छ । त्यसैगरी १४४० हर्जको हाई फ्रिक्वेन्सी पीएम डब्लु डिमिङ र हाई इन्टर्याक्सन टच स्क्रिनका लागि ३०० हर्जको टच स्याम्पलिङ रेट समावेश छ । यो स्मार्टफोनमा स्न्यापड्रागन ८८८ फोरजी प्रोसेसर प्रयोग गरिएको छ । यसमा ८ जीबी र्‍याम र २५६ जीबीको इन्टर्नल स्टोरेज रहेको छ ।फोनको पछाडिको क्यामेरामा ५० मेगापिक्सेको ट्रु क्रोमा क्यामेरा, ४० मेगापिक्सेको मोनो ट्रु क्रोमा क्यामेरा, १३ मेगापिक्सेलको अल्ट्रा वाइड एंगल क्यामेरा र ६४ मेगापिक्सेलको टेलिफोटो क्यामेरा रहेको छ । त्यस्तै फोनको अगाडि १३ मेगापिक्सेलकाे सेल्फी क्यामेरा रहेको छ । फोनमा ४३६० एमएएचको लार्ज ब्याट्री रहेको छ, जसमा ६६ वाटको वायर्ड सुपरचार्ज र ५० वाटको वायरलेस सुपरचार्ज हुनेछ ।उपभोक्ताले सुपरचार्जर भने छुट्टै खरिद गर्नुपर्ने कम्पनीले जनाएको छ ।

सम्बन्धित समाचार

फेसबुक पेज–नामबारे फैलिएको भ्रम : ‘पहिले बनायो भने अधिकार हुन्छ’ भन्ने दाबीको वास्तविकता

काठमाडौँ | नेपालमा सामाजिक सञ्जालको पहुँच तीव्र गतिमा बढ्दै गएको छ। त्यससँगै फेसबुक पेज–नामसँग सम्बन्धित केही गलत बुझाइ पनि रुढ भइरहेका छन्। पछिल्लो समय धेरैले “पहिले पेज बनाएकोले…

इन्फो नेपाल संवाददाता

नेपाललाई कर तिर्ने फेसबुक सञ्चार मन्त्रालयमा दर्ता हुन किन चाहेन ?

हेटौँडा |सरकारले सामाजिक सञ्जाल कम्पनीहरूलाई ‘दर्ता नभएको’ भन्दै २६ वटा अनलाइन सेवा बन्द गर्ने निर्णय गरेपछि ठूलो बहस सुरु भएको छ। फेसबुक, युट्युब, गुगललगायतका कम्पनीहरूले नेपालमा…

इन्फो नेपाल संवाददाता

Latest in English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

ब्लक हुने एप प्रयोगकर्ताबीच सुरक्षित निःशुल्क भीपीएन ‘१.१.१.१’ चर्चामा

हेटौँडा | सरकारले दर्ता नभएका सामाजिक सञ्जाल र एप बन्द गर्ने निर्णय कार्यान्वयन गरेसँगै प्रयोगकर्ताबीच निःशुल्क भर्चुअल प्राइभेट नेटवर्क (भीपीएन) प्रयोग बढ्न थालेको छ। साइबर सुरक्ष…

इन्फो नेपाल संवाददाता