इन्फो नेपाल — सञ्चारको सञ्जाल

१५ गते कर्णालीका नौ जिल्लामा बिदा

सुर्खेत | कर्णाली प्रदेशका १० जिल्लामध्ये नौ जिल्लामा असार १५ गते (आइतबार) सार्वजनिक बिदा दिइने भएको छ। राष्ट्रिय धान दिवसको अवसरमा सरकारले उक्त बिदा दिने निर्णय गरेको हो।

कर्णाली प्रदेश सरकारको मन्त्रिपरिषद्ले २०८१ चैत १७ गते गरेको निर्णयअनुसार जुम्लाबाहेकका जिल्लामा मात्र असार १५ गते सार्वजनिक बिदा हुनेछ। आन्तरिक मामिला तथा कानुन मन्त्रालयका शाखा अधिकृत राजेश चौधरीका अनुसार उक्त दिन सरकारी तथा सार्वजनिक संघ–संस्थाहरू बन्द रहनेछन्।

जुम्ला जिल्लामा भने असार १५ मा होइन, चैत १२ गते नै राष्ट्रिय धान दिवस मनाइने निर्णय भएअनुसार सो दिन बिदा दिइएको थियो। जुम्लाको भू–जलवायुको कारण धान रोपाइँको समय फरक पर्ने भएकाले उक्त जिल्लामा चैतमै धान दिवस मनाइने चलन रहिआएको छ।

यसअनुसार कर्णालीका हुम्ला, डोल्पा, कालिकोट, मुगु, दैलेख, जाजरकोट, सुर्खेत, सल्यान र रुकुम पश्चिम जिल्लामा असार १५ गते सार्वजनिक बिदा लागू हुनेछ भने जुम्लामा भने यो दिन कार्यलयहरू नियमित रूपमा सञ्चालन हुनेछन्।

धान दिवसलाई राष्ट्रिय उत्पादन र मौसमी कृषि संस्कृतिको उत्सवका रूपमा हेरिँदै आएको छ। विभिन्न प्रदेशहरूमा यो अवसरमा रोपाइँ महोत्सव, दौड प्रतियोगिता, कृषि प्रदर्शनीजस्ता कार्यक्रमहरू आयोजना गरिने परम्परा छ।

सम्बन्धित समाचार

प्रदेशहरूको कार्यसम्पादन मूल्याङ्कन: सबै ‘पास’, पहिलो सुदूरपश्चिम, तेस्रो बागमती

हेटौँडा । आर्थिक वर्षको कार्यसम्पादन मूल्याङ्कनमा सुदूरपश्चिम प्रदेशले सबैभन्दा बढी अङ्क प्राप्त गर्दै पहिलो स्थान हासिल गरेको छ। राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले ११ वटा…

इन्फो नेपाल संवाददाता

प्रदेश सरकारलाई 'मातहतको निकाय' जस्तो व्यवहार गरेको आरोप

काठमाडौं | संघीयता कार्यान्वयनमा संकट देखिएको छ। प्रदेश सरकारहरूलाई संघीय सरकारको मातहतको निकायजस्तो व्यवहार गरिएको भन्दै मुख्यमन्त्रीहरूले प्रधानमन्त्री सुशिला कार्कीसमक्ष खुला अस…

इन्फो नेपाल संवाददाता

Latest in English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

अविरल वर्षा र पहिरोले पूर्वी र मध्य नेपालमा जनजीवन प्रभावित, उद्धार कार्य तीव्र

हेटौँडा| पछिल्लो दुई दिनदेखि नेपालका विभिन्न क्षेत्रमा निरन्तर परेको अविरल वर्षा र पहिरोका कारण ठूलो जनजीवन प्रभावित भएको छ। विशेषगरी इलाम, सप्तकोशी, मकवानपुर, भक्तपुर र सप्तरी–सुन…

इन्फो नेपाल संवाददाता