इन्फो नेपाल — सञ्चारको सञ्जाल

१ सय ६ वर्ष पुरानो चुरियामाई सुरुङमार्गको मर्मत सम्पन्न

मकवानपुर - हेटौँडास्थित १ सय ६ वर्ष पुरानो ऐतिहासिक चुरियामाई सुरुङमार्गको मर्मत सम्पन्न भएको छ। वाग्मती प्रदेश सरकारको लगानीमा सुरु भएको मर्मत कार्य लगभग दुई वर्षपछि सकिएको हो। सन् १९७४ मा निर्माण भएको उक्त सुरुङ लामो समयदेखि प्रयोगविहीन अवस्थामा थियो। २०७८ साल साउनमा मर्मतको काम सुरु गरिएको थियो। तर, मर्मतका क्रममा अनुमानभन्दा बढी सुरुङ भासिएको पाइएपछि काम ढिलाइ भयो। प्रारम्भिक अनुमान अनुसार १९८ मिटर सुरुङ मर्मत गर्नुपर्नेमा वास्तवमा २२५ मिटर सुरुङ मर्मत गरिएको छ। यसैले मर्मत लागत पनि वृद्धि भई तीन करोड ८४ लाख पुगेको छ। ऐतिहासिकताका कारण चुरियामाई सुरुङलाई संरक्षण गर्नुपर्नेमा जोड दिइएको छ। अब यसलाई पर्यटकीयस्थलका रूपमा विकास गर्ने तयारी गरिएको वाग्मती प्रदेश सरकारले जनाएको छ। चुरियामाई सुरुङ नेपालकै पहिलो मानवनिर्मित सुरुङ हो। राणा शासनकालमा निर्माण गरिएको यस सुरुङले त्यसबेलाको इञ्जिनियरिङ्ग कलाको झलक दिन्छ। यसको संरक्षण र पर्यटन प्रवर्द्धनले ऐतिहासिक तथा सांस्कृतिक महत्व कायम राख्न सहयोग पुग्नेछ।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क