इन्फो नेपाल — सञ्चारको सञ्जाल

२५ वर्षपछि टेकुको फोहोर स्टेसन सफा, हट्यो सबै फोहोर

काठमाडौं :साढे दुई दशकदेखि काठमाडौंमा फोहोरको समस्या रहँदै आएको छ । कतिसम्म भने कहिलेकाहीँ त महिनौं दिनसम्म पनि सडक, चोक, गल्लीका फोहोर उठ्दैनन् । गत चैतयता काठमाडौंमा पटक पटक फोहोर उठ्न सकेन । सिसडोल ल्यान्डफिल साइट र बञ्चरेडाँडा ल्यान्डफिल साइटमा स्थानीयले फोहोर व्यवस्थापन गर्न अवरोध गरेपछि काठमाडौंमा फोहोर थुप्रिएको थियो । त्यसमा पनि टेकुस्थित ट्रान्सफर स्टेसनमा विगत साढे दुई दशकदेखि फोहोर थुप्रिँदै आएको थियो । फोहोरका कारण टेकु वरिपरि हिँड्नसमेत सकिन्नथ्यो । तर, केही दिनयता टेकुको फोहोर सबै उठेको छ । फोहोरका रास सबै व्यवस्थापन भइसकेको छ । काठमाडौं महानगरपालिकाले स्रोतबाटै कुहिने र नकुहिने फोहोर छुट्याउन अनुरोध गरेसँगै अहिले फोहोर व्यवस्थापनमा सहज हुँदैछ । त्यसमा पनि महानगर प्रमुख बालेन्द्र साह बालेनले फोहोर व्यवस्थापनमा निजी क्षेत्रलाई पनि गुहारेपछि अहिले टेकुसहित काठमाडौंका सडकमा फोहोर देखिन छाडेको छ ।

सम्बन्धित समाचार

काठमाडौं–तराई द्रुतमार्गको प्रगति ५१ प्रतिशत पुग्यो, सबैभन्दा लामो महादेवटार सुरुङ छिचोलियो

काठमाडौं । राष्ट्रिय गौरवको काठमाडौं–तराई/मधेश द्रुतमार्ग आयोजनाको भौतिक प्रगति करिब ५१ प्रतिशत पुगेको छ। नेपाली सेनाको व्यवस्थापनमा निर्माणाधीन द्रुतमार्गअन्तर्गत सबैभन्दा लामो मह…

इन्फो नेपाल संवाददाता

गाडीमा सिट नपाउँदा बाँचे अवधेश, छठ मनाउन पठाएका श्रीमती, छोरी र भाइहरू फर्किएनन्

हेटौँडा । छठ पर्व मनाउन सर्लाहीस्थित घर जाने सबै तयारी पूरा भइसकेको थियो। कपडा र पूजाका लागि आवश्यक सामग्री मिलाएर राखिएका थिए। बुधबार राति करिब १ बजे उठेर अवधेश यादवले श्रीमती पुन…

बसन्त भण्डारी

घुम्ने ठाउँ प्रशस्त, पर्यटनबाट आम्दानी बढाउने अवसर गुमाउँदै मकवानपुर

प्रकृति, संस्कृति र इतिहासले भरिपूर्ण मकवानपुरका सम्पदालाई पर्यटन व्यवसायसँग जोड्ने अवसर अझै बाँकी छ। हेटौँडा पर्यटन वर्ष २०८३ ले पर्यटकको बसाइ लम्ब्याउने र स्थानीय अर्थतन्त्र चलाय…

घुमन्ते