इन्फो नेपाल — सञ्चारको सञ्जाल

७७ लाख खर्च गरेर अमेरिका भ्रमणमा जाने गाउँपालिकाको निर्णयको चौतर्फी विरोध

संखुवासभाको चिचिला गाउँपालिकाको ७७ लाख खर्चमा पालिका अध्यक्ष सहित संवैधानिक आयोगका प्रतिनिधि अमेरिकाको भ्रमणमा जाने निर्णयको चौतरर्फी विरोध भएको छ । गाउँपालिकाबाट अमेरिका भ्रमणमा जाने खर्च विवरण सार्वजनिक भएसँगै चौतर्फी विरोध भएको हो । आउँदो ४ र ५ माघमा अमेरिकामा हुने छैटौं स्मार्ट सिटिज टेक्नोलोजी सिम्पोजियम एन्ड एक्जिबिसनमा सहभागी हुन जाने टोलीको खर्च गाउँपालिकाले व्यहोर्ने निर्णय गरेको थियो । गाउँपालिकाले नौ जनाको टोली अमेरिका पठाउन ७६ लाख ९६ हजार ५० रुपैयाँको अनुमानित खर्च पास गरेको थियो । अमेरिकामा हुने कार्यक्रममा सहभागी गराउन गाउँपालिका अध्यक्ष पासाङ नुर्बु शेर्पा, राष्ट्रिय दलित आयोगका अध्यक्ष देवराज विश्वकर्मा, राष्ट्रिय महिला आयोगकी सदस्य कृष्णकुमारी पौडेल खतिवडा, महिला आयोगकी उपसचिव अञ्जु ढुंगाना, नायब सुब्बा मेगेन्द्र न्यौपाने, छोरा थिलेन शेर्पा, नरेश रिजाल, सुजिना भट्ट र दिपेश रिजाललाई पठाउने निर्णय गरको थियो । दलित आयोगका अध्यक्ष विश्वकर्मा, महिला आयोगकी सदस्य पौडेल, चिचिला गाउँपालिकाका अध्यक्ष शेर्पागरी तीन जनाले १० दिनको भ्रमण र दैनिक भत्ता (टीएडीए)वापत प्रतिव्यक्ति दुई हजार २५० रुपैयाँ (प्रतिदिन २२५ डलर) पाउने उल्लेख छ । त्यसैगरी अञ्जु ढुंगाना थिलेन शेर्पा र नरेश रिजालले एक हजार २५०, मेगेन्द्र न्यौपाने, सुजिना भट्ट र दिपेश रिजालले प्रतिदिन ९० अमेरिकी डलरका दरले टीएडीए पाउने गरी गाउँपालिकाले निर्णय गरेको थियो । भ्रमण खर्चको विषयलाई लिएर चर्को विरोध भएपछि अध्यक्ष शेर्पाले पत्रकार सम्मेलन गरेर खण्डन गरेका छन् । स्मार्ट सिटीसम्बन्धी अमेरिकाको सिकागोमा हुने कार्यक्रममा निम्तो आएपछि व्यक्तिगत खर्चमा जाने गरी प्रक्रियाअघि बढाइएको अध्यक्ष शेर्पाले बताए । आयोजकबाट पालिकालाई निम्तो दिइएको र सोहीअनुसार संवैधानिक आयोगका पदाधिकारीहरू समेत सहभागी गराउने गरी कार्यपालिकाले निर्णय गरेको अध्यक्ष शेर्पाले बताए । संवैधानिक आयोगका पदाधिकारीहरूलाई टोलीमा राख्दा भिसा (प्रवेशाज्ञा) लाग्ने सम्भावना बलियो हुने भएकोले उनीहरूलाई संलग्न गर्न खोजिएको अध्यक्ष शेर्पाले जानकारी दिए ।

सम्बन्धित समाचार

अर्को वर्षदेखि पर्वतीय जलवायु कार्यक्रम सञ्चालन गर्न नेपालको प्रस्ताव

मकवानपुर । नेपालले सन् २०२७ देखि पर्वतीय क्षेत्र र जलवायु परिवर्तनसम्बन्धी छुट्टै कार्यक्रम सञ्चालन गर्न कोप–३१ को निर्णय मस्यौदामा तीनबुँदे प्रस्ताव पेस गर्ने भएको छ। जलवायु परिवर…

इन्फो डेस्क

आज विराटनगरको हावा अत्यधिक दूषित,देशका धेरैजसो शहरमा प्रदूषण बढ्यो

काठमाण्डौँ । काठमाडौँ उपत्यकासहित देशका विभिन्न सहरमा वायु प्रदूषणको मात्रा ह्वात्तै बढेको छ। आज बिहान देशका अन्य सहरहरूको तुलनामा विराटनगरको वायु सबैभन्दा बढी अस्वस्थ मापन गरिएको…

इन्फो डेस्क

Latest in English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

वायु प्रदूषणले तराईको आकाश धुम्मियो, बुटवल र झापामा उच्च प्रदूषण

काठमाडाैँ । तराई क्षेत्रमा वायु प्रदूषणको मात्रा अत्यधिक बढेको छ। पश्चिमको कैलालीदेखि पूर्वको झापासम्मको आकाश धुम्मिएको छ भने बुटवल र झापाको वायु गुणस्तर 'निकै अस्वस्थकर' श्रेणीमा…

इन्फो डेस्क