अर्थ व्यापारसाउनमै १ खर्ब ७७ अर्बभन्दा बढी रेमिट्यान्स भित्रियो

साउनमै १ खर्ब ७७ अर्बभन्दा बढी रेमिट्यान्स भित्रियो

काठमाडौं | चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो महिना साउनमै १ खर्ब ७७ अर्ब ४१ करोड रुपैयाँ बराबरको रेमिट्यान्स भित्रिएको छ । यो अघिल्लो वर्षको सोही महिनाको तुलनामा करिब ३० प्रतिशत बढी हो ।

नेपाल राष्ट्र बैंकका अनुसार गत आवको साउनमा १ खर्ब ३६ अर्ब ६० करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको थियो । त्यतिबेला आप्रवाह वृद्धिदर १७.७ प्रतिशतमा सीमित रहँदा यस वर्ष पहिलो महिनामै वृद्धिदर २९.९ प्रतिशत पुगेको छ ।

रेमिट्यान्स अमेरिकी डलरमा समेत उल्लेख्य वृद्धि भएको छ । चालु आवको साउनमा आप्रवाह २५ प्रतिशत बढेर १ अर्ब २७ करोड डलर पुगेको छ । अघिल्लो वर्ष सोही अवधिमा वृद्धिदर १५.८ प्रतिशत मात्र थियो ।

केन्द्रीय बैंकले प्रकाशित तथ्यांकअनुसार चालु आवको पहिलो महिनामा कुल द्वितीय आय १ खर्ब ९३ अर्ब ८५ करोड पुगेको छ । गत वर्ष यस्तै अवधिमा यो रकम १ खर्ब ४८ अर्ब ८ करोड थियो ।

यस अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति लिनेको संख्यामा पनि वृद्धि भएको छ । साउनमा ४४ हजार ४ सय ६६ ले नयाँ श्रम स्वीकृति लिएका छन् भने २३ हजार ६ सय ४४ ले पुनः श्रम स्वीकृति लिएका छन् । गत वर्ष सोही अवधिमा नयाँ स्वीकृतिको संख्या ३६ हजार ९ सय २८ र पुनः स्वीकृतिको संख्या २२ हजार ६ सय ४७ रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img