मकवानपुरमनहरी गाउँपालिकासञ्चारकर्मी सन्देश थिङ्गद्धारा खाद्यान्न र शैक्षिक सामग्री सहयोग

सञ्चारकर्मी सन्देश थिङ्गद्धारा खाद्यान्न र शैक्षिक सामग्री सहयोग

हेटौँडा | आफ्नो जन्मदिनलाई सामाजिक सेवामा रूपान्तरण गर्दै सञ्चारकर्मी सन्देश थिङ्गले भुन्द्रुङका अशक्त वृद्धा र बालबालिकालाई राहत सामग्री वितरण गरेका छन्।

सोमबार मनहरी गाउँपालिका–२ की ९६ वर्षीया छोरीमाया स्याङ्गतानलाई खाद्यान्न र सरसफाई सामग्री हस्तान्तरण गर्दै थिङ्गले सामाजिक उत्तरदायित्व निभाएका हुन्। वृद्धा स्याङ्गतान आफ्ना नाति बुद्धिमान स्याङ्गतानको स्याहारमा बस्दै आइरहेकी छन् र आर्थिक अवस्था कमजोर भएकाले दैनिक जीवनमा चुनौती भोगिरहेका थिए। थिङ्गले भने, “वृद्ध आमाको जीवन सहज होस् भन्ने सोचले सहयोग प्रदान गरिएको हो।”

त्यस्तै, थिङ्गले भुन्द्रुङस्थित टुयाङ्गकी दमार प्रारम्भिक बाल विकास केन्द्रका १८ विद्यार्थीलाई शैक्षिक सामग्री प्रदान गरेका छन्। केन्द्रमा १० जना प्रारम्भिक बाल विकास कक्षामा र ८ जना कक्षा–१ मा अध्ययनरत छन्। थिङ्गले बताए, “साना विद्यार्थीले पढाइमा सहजता पाओस् भन्ने उद्देश्यले शैक्षिक सामग्री उपलब्ध गराइएको हो।”

स्थानीयहरूका अनुसार, जन्मदिनको अवसरमा गरिएको यस प्रकारको सहयोगले समाजमा दया, सहयोग र सामाजिक उत्तरदायित्वको महत्व बढाउने उदाहरण प्रस्तुत गरेको छ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img