आज वि.सं. २०८२ पौष ६ गते आइतबार, पौष शुक्लपक्षको प्रतिपदा तिथि बिहान ८:३२ सम्म रहेर त्यसपछि द्वितीया प्रारम्भ हुँदैछ। चन्द्रमा धनु राशिमा रहेकाले आज ज्ञान, धर्म, यात्रा र दीर्घकालीन योजनाका विषयमा सोच्ने र अघि बढ्ने समय मानिन्छ। पूर्वाषाढा नक्षत्रले लक्ष्यप्रति दृढता प्रदान गर्छ भने उत्तराषाढा सुरु भएपछि स्थायित्व र उपलब्धिको योग बन्छ। वृद्धि योगले दिनको पूर्वार्धमा कार्यवृद्धि र प्रगतिको संकेत गर्छ, ध्रुव योगले पछि कामलाई स्थिरता दिनेछ। हेमन्त ऋतु र दक्षिणायनको प्रभावले संयम, धैर्य र सोचविचारसहित गरेका कामबाट राम्रो फल प्राप्त हुने ज्योतिषीय संकेत देखिन्छ।
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
आज मान्यजन र उच्चपदस्थ व्यक्तिबाट सहयोग र समर्थन प्राप्त हुने दिन हो। भाग्यबल अत्यन्त बलियो रहेकाले हरेक प्रयासमा सफलता मिल्ने संकेत छ। समाजसेवा, धर्मकर्म वा परोपकारी कार्यमा संलग्न हुँदा मान–सम्मान बढ्नेछ। यद्यपि, कामको व्यस्तताले घरपरिवारलाई समय दिन नसक्दा केही असमझदारी देखिन सक्छ। आर्थिक लाभसँगै स्वास्थ्य र कर्तव्यप्रति सचेत रहनु आजको मुख्य सन्देश हो। आजका लागि शुभअङ्क ९, शुभ रङ पहेंलो र शुभ दिशा पूर्व हो । त्यस्तै कुनै नगरी नहुने काम छ वा अचानक यात्रामा जानुछ भने आज ॐ बृं बृहस्पतये नमः यस मन्त्रलाई कम्तीमा १९ पटक जाप गरी प्रारम्भ गर्नुहोला, पक्कै पनि लाभ हुनेछ ।
बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
आज अध्ययन र कामको दबाबले मानसिक थकान महसुस हुन सक्छ। हतारमा निर्णय गर्दा नोक्सान हुनसक्ने भएकाले धैर्य र संयमता अपनाउनु बुद्धिमानी हुनेछ। चुनौतीबीच अवसर खोज्ने दिन भएकाले निराश नभई अघि बढ्नुहोस्। कागजी काम र आर्थिक कारोबारमा विशेष सतर्कता आवश्यक छ। ध्यान, योग वा मेडिटेशनले मन शान्त बनाउन मद्दत गर्नेछ। आज २५ प्रतिशत भाग्यबल रहेको देखिन्छ । आजका लागि शुभअङ्क ८, शुभ रङ गुलाबी वा सिन्दुरे र शुभ दिशा उत्तर हो । त्यस्तै कुनै नगरी नहुने काम छ वा अचानक यात्रामा जानुछ भने आज ॐ हं हनुमते नमः यस मन्त्रलाई कम्तीमा २१ पटक जाप गरी प्रारम्भ गर्नुहोला, पक्कै पनि लाभ हुनेछ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
आज प्रेमभाव व्यक्त गर्न अनुकूल समय छ र मन प्रसन्न रहनेछ। मौजमस्ती, गीतसङ्गीत र सौन्दर्यसम्बन्धी विषयप्रति आकर्षण बढ्नेछ। व्यवसायतर्फ तरल पदार्थ, पेट्रोल, सुगन्ध वा रेडिमेड वस्त्रमा लाभको संकेत देखिन्छ। व्यक्तिगत सम्बन्ध र कामबीच सन्तुलन मिलाउन जरुरी छ। समयमै महत्त्वपूर्ण काम सम्पन्न गरे सफलता सुनिश्चित हुनेछ। आज ८० प्रतिशत भाग्यबल रहेको देखिन्छ । आजका लागि शुभअङ्क ७, शुभ रङ रातो र शुभ दिशा पश्चिम हो । त्यस्तै कुनै नगरी नहुने काम छ वा अचानक यात्रामा जानुछ भने आज ॐ लक्ष्मीनारायणाभ्यां नमः यस मन्त्रलाई कम्तीमा ११ पटक जाप गरी प्रारम्भ गर्नुहोला, पक्कै पनि लाभ हुनेछ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
आज मनभित्रका भ्रम र चिन्ता बाहिरिने दिन हो। अनावश्यक सोचका कारण काममा ढिलाइ हुनसक्ने भएकाले ध्यान केन्द्रित गर्नु आवश्यक छ। अध्ययन, स्वास्थ्य र खानपानमा विशेष ध्यान दिनु राम्रो हुन्छ। प्रतिस्पर्धात्मक वातावरणमा आफ्नो क्षमता देखाउने अवसर मिल्नेछ। वादविवाद र अनावश्यक बहसबाट टाढा रहनु लाभदायक हुनेछ। आज ९० प्रतिशत भाग्यबल रहेको देखिन्छ । आजका लागि शुभअङ्क ६, शुभ रङ पहेंलो र शुभ दिशा दक्षिण हो । त्यस्तै कुनै नगरी नहुने काम छ वा अचानक यात्रामा जानुछ भने आज ॐ धन्वन्तरीदेवाय नमः यस मन्त्रलाई कम्तीमा ११ पटक जाप गरी प्रारम्भ गर्नुहोला, पक्कै पनि लाभ हुनेछ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
आज तपाईंको बुद्धि र मिहिनेतले आलोचकहरूलाई समेत प्रभावित पार्नेछ। व्यक्तित्व विकास र थप अध्ययनको अवसर प्राप्त हुने संकेत छ। मित्रसँगको भावनात्मक सम्बन्ध अझ प्रगाढ बन्नेछ। साना कुरामा अल्झिनुभन्दा ठूला लक्ष्यतर्फ केन्द्रित हुनु उचित हुन्छ। सफलता तपाईंको प्रतीक्षामा रहेको दिन हो। आज १०० प्रतिशत भाग्यबल रहेको देखिन्छ । आजका लागि शुभअङ्क ५, शुभ रङ कलेजी/गाढा रातो र शुभ दिशा पूर्व हो । त्यस्तै कुनै नगरी नहुने काम छ वा अचानक यात्रामा जानुछ भने आज ॐ घृणि सूर्याय नमः यस मन्त्रलाई कम्तीमा ०७ पटक जाप गरी प्रारम्भ गर्नुहोला, पक्कै पनि लाभ हुनेछ ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
आज भावनात्मक उतारचढाव देखिन सक्छ, त्यसैले विश्वास र समर्पण आवश्यक छ। आकस्मिक धनलाभ वा ऋण–सहयोगको सम्भावना छ। घरजग्गा, सम्पत्ति वा सवारीसाधनसम्बन्धी योजना बन्नसक्छ। दौडधूप र यात्रामूलक कामबाट आर्थिक सन्तुलन कायम हुनेछ। खर्च र बचतबीच सन्तुलन राख्न ध्यान दिनुहोस्। आज ४० प्रतिशत भाग्यबल रहेको देखिन्छ । आजका लागि शुभअङ्क ४, शुभ रङ सिम्रिक रातो र शुभ दिशा उत्तर हो । त्यस्तै कुनै नगरी नहुने काम छ वा अचानक यात्रामा जानुछ भने आज ॐ नमश्चण्डिकायै यस मन्त्रलाई कम्तीमा ०९ पटक जाप गरी प्रारम्भ गर्नुहोला, पक्कै पनि लाभ हुनेछ ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
आज परिश्रमको उत्कृष्ट फल प्राप्त हुने दिन हो। आत्मविश्वास बढ्नेछ र सामाजिक प्रतिष्ठामा सुधार आउनेछ। रोकिएका काममा पुनः प्रयास गर्दा सफलता मिल्नेछ। सहकर्मी र उच्च अधिकारीको सहयोग प्राप्त हुनेछ। मानसिक शक्ति र सकारात्मक सोचले सबै समस्या समाधान हुनेछ। आज १०० प्रतिशत भाग्यबल रहेको देखिन्छ । आजका लागि शुभअङ्क ३, शुभ रङ गुलाबी वा सिन्दुरे र शुभ दिशा पश्चिम हो । त्यस्तै कुनै नगरी नहुने काम छ वा अचानक यात्रामा जानुछ भने आज ॐ विघ्नविनाशिने नमः यस मन्त्रलाई कम्तीमा २१ पटक जाप गरी प्रारम्भ गर्नुहोला, पक्कै पनि लाभ हुनेछ ।
बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
आज आध्यात्मिक र दार्शनिक विषयप्रति रुचि बढ्नेछ। नयाँ सीप सिक्ने र ज्ञान आर्जन गर्ने अवसर मिल्नेछ। आर्थिक व्यवस्थापन सफल हुने संकेत छ। पारिवारिक जिम्मेवारीले काममा केही असर पर्न सक्छ। आत्मबल बलियो रहेकाले चुनौती सहजै पार गर्न सक्नुहुनेछ। आज ९० प्रतिशत भाग्यबल रहेको देखिन्छ । आजका लागि शुभअङ्क २, शुभ रङ सेतो/उज्यालो र शुभ दिशा दक्षिण हो । त्यस्तै कुनै नगरी नहुने काम छ वा अचानक यात्रामा जानुछ भने आज ॐ महालक्ष्म्यै नमः यस मन्त्रलाई कम्तीमा ११ पटक जाप गरी प्रारम्भ गर्नुहोला, पक्कै पनि लाभ हुनेछ ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
आज परिवारको सुख–सुविधा बढाउने दिन हो। व्यापार–व्यवसायमा सकारात्मक परिणाम प्राप्त हुनेछ। सम्बन्ध सुदृढ बनाउन प्रेम र व्यवहारमा सरलता अपनाउनुहोस्। आफ्नो रुचिको क्षेत्रमा अघि बढ्ने अवसरहरू देखा पर्नेछन्। क्षमता र प्रतिभा चिनिने अनुकूल समय हो। आज १०० प्रतिशत भाग्यबल रहेको देखिन्छ । आजका लागि शुभअङ्क १, शुभ रङ पहेंलो र शुभ दिशा पूर्व हो । त्यस्तै कुनै नगरी नहुने काम छ वा अचानक यात्रामा जानुछ भने आज ॐ गुं गुरवे नमः यस मन्त्रलाई कम्तीमा १९ पटक जाप गरी प्रारम्भ गर्नुहोला, पक्कै पनि लाभ हुनेछ ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
आज कल्पना र भावनाले मन ओगट्ने दिन हो। घरपरिवारका जिम्मेवारीले खर्च बढ्न सक्छ। अत्यधिक महत्त्वाकाङ्क्षाले समस्या निम्त्याउन सक्छ, त्यसैले यथार्थवादी बन्नुहोस्। कतिपय काम अधुरै छोड्नुपर्ने परिस्थिति आउन सक्छ। पार्टनरसँगको व्यवहारमा संवेदनशीलता आवश्यक छ। आज २५ प्रतिशत भाग्यबल रहेको देखिन्छ । आजका लागि शुभअङ्क ३, शुभ रङ सेतो र शुभ दिशा उत्तर हो । त्यस्तै कुनै नगरी नहुने काम छ वा अचानक यात्रामा जानुछ भने आज ॐ महाकालाय नमः यस मन्त्रलाई कम्तीमा २१ पटक जाप गरी प्रारम्भ गर्नुहोला, पक्कै पनि लाभ हुनेछ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
आज घर र कार्यक्षेत्र दुवै ठाउँबाट सहयोग प्राप्त हुनेछ। राजनीति, समाजसेवा वा नेतृत्वदायी भूमिकामा सफलता मिल्ने संकेत छ। स्थानान्तरण वा बढुवासम्बन्धी कुरा अघि बढाउन अनुकूल समय हो। योजनाबद्ध कामले राम्रो नतिजा दिनेछ। पार्टनरसँग सानो यात्रा वा रमाइलो क्षण बित्ने सम्भावना छ। आज १०० प्रतिशत भाग्यबल रहेको देखिन्छ । आजका लागि शुभअङ्क २, शुभ रङ कलेजी र शुभ दिशा पश्चिम हो । त्यस्तै कुनै नगरी नहुने काम छ वा अचानक यात्रामा जानुछ भने आज ॐ हिरण्यगर्भाय नमः यस मन्त्रलाई कम्तीमा ०७ पटक जाप गरी प्रारम्भ गर्नुहोला, पक्कै पनि लाभ हुनेछ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
आज सामाजिक र प्रशासनिक क्षेत्रमा प्रभाव बढ्ने दिन हो। सरकारी वा कानुनी काम सुल्झाउन समय अनुकूल छ। व्यवहारमा मर्यादा र कर्तव्यमा ध्यान दिनु आवश्यक देखिन्छ। परीक्षा वा प्रतिस्पर्धामा सहभागी हुनेका लागि शुभ संकेत छ। मिहिनेतको फल तपाईंको पक्षमा आउनेछ। आज ८५ प्रतिशत भाग्यबल रहेको देखिन्छ । आजका लागि शुभअङ्क १, शुभ रङ कलेजी/गाढा रातो र शुभ दिशा दक्षिण हो । त्यस्तै कुनै नगरी नहुने काम छ वा अचानक यात्रामा जानुछ भने आज ॐ ह्रां ह्रीं ह्रौं सः सूर्याय नमः यस मन्त्रलाई कम्तीमा ०७ पटक जाप गरी प्रारम्भ गर्नुहोला, पक्कै पनि लाभ हुनेछ ।



