इन्फो नेपाल — सञ्चारको सञ्जाल

आज विराटनगरको हावा अत्यधिक दूषित,देशका धेरैजसो शहरमा प्रदूषण बढ्यो

काठमाण्डौँ । काठमाडौँ उपत्यकासहित देशका विभिन्न सहरमा वायु प्रदूषणको मात्रा ह्वात्तै बढेको छ। आज बिहान देशका अन्य सहरहरूको तुलनामा विराटनगरको वायु सबैभन्दा बढी अस्वस्थ मापन गरिएको छ।

​वातावरण तथा मौसम विवरणअनुसार आज विराटनगरमा वायु गुणस्तर सूचकांक (एक्यूआई) २४६ पुगेको छ, जुन 'अति अस्वस्थकर' श्रेणीमा पर्छ। विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) को मापदण्डअनुसार एक्यूआई १५० नाघेपछि हावा सबैका लागि अस्वस्थकर हुन्छ भने २०० नाघेपछि अति अस्वस्थकर बन्ने गर्छ।

​विराटनगरबाहेक देशका अन्य प्रमुख सहरहरूमा पनि प्रदूषणको मात्रा उच्च बिन्दुमा पुगेको छ। आज काठमाडौँमा एक्यूआई १६३, वीरगन्जमा १६४, चितवनमा १५५ र नेपालगन्जमा १५१ रेकर्ड गरिएको छ।

​वर्षा रोकिएर वायुमण्डल स्थिर हुनु, विभिन्न ठाउँमा कृषि अवशेष (पराल) जलाउन थालिनु र छिमेकी देश भारतमा बढेको वायु प्रदूषणको असर नेपालमा पनि देखिएका कारण हावा दूषित बन्दै गएको वायु गुणस्तर विज्ञहरूले बताएका छन्। आगामी दिनमा सुख्खा र चिसो मौसम बढ्दै जाँदा प्रदूषणको मात्रा थप उकालो लाग्ने सम्भावना रहेको छ।

​प्रदूषणका कारण जनस्वास्थ्यमा गम्भीर असर पर्न सक्ने भन्दै विज्ञ तथा चिकित्सकहरूले विशेष सावधानी अपनाउन आग्रह गरेका छन्। बिहान र बेलुकाको समयमा सकेसम्म घर बाहिर ननिस्कन, हिँडडुल गर्नुपरे अनिवार्य रूपमा राम्रो गुणस्तरको मास्क प्रयोग गर्न सुझाव दिइएको छ। विशेषगरी बालबालिका, वृद्धवृद्धा, गर्भवती महिला तथा श्वासप्रश्वास र मुटुका बिरामीहरूले उच्च सतर्कता अपनाउनुपर्नेमा जोड गरिएको छ।

सम्बन्धित समाचार

अर्को वर्षदेखि पर्वतीय जलवायु कार्यक्रम सञ्चालन गर्न नेपालको प्रस्ताव

मकवानपुर । नेपालले सन् २०२७ देखि पर्वतीय क्षेत्र र जलवायु परिवर्तनसम्बन्धी छुट्टै कार्यक्रम सञ्चालन गर्न कोप–३१ को निर्णय मस्यौदामा तीनबुँदे प्रस्ताव पेस गर्ने भएको छ। जलवायु परिवर…

इन्फो डेस्क

कोशी र गण्डकीका हिमाली भू–भागमा हल्का वर्षा र हिमपातको सम्भावना

काठमाडाैँ । आज कोशी र गण्डकी प्रदेशका हिमाली क्षेत्रका एक–दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यस्तै, आ…

इन्फो डेस्क

Latest in English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

अबको दुई हप्ता देशभर मौसम सफा रहने

काठमाडाैँ । पश्चिमी न्यूनचापीय प्रणाली निष्क्रिय भएसँगै अबको करिब दुई हप्तासम्म देशका अधिकांश स्थानको मौसम सफा रहने भएको छ। हिजो (आइतबार) केही स्थानमा वर्षा र हिमपात गराएको उक्त प्…

इन्फो डेस्क