इन्फो नेपाल — सञ्चारको सञ्जाल

​हेटौंडामा एकादशीको रौनक: त्रिखण्डी, ऋषेश्वर र मकवानपुरगढीमा भव्य मेला

हेटाैँडा । हरिबोधिनी एकादशीका अवसरमा शुक्रबार मकवानपुरका प्रमुख धार्मिक स्थलहरू त्रिखण्डी, ऋषेश्वर र मकवानपुरगढीमा मेला लागेको छ। बिहानैदेखि पूजाआजा र दर्शनका लागि मन्दिर परिसरहरूमा भक्तजनको बाक्लो भिड लागेको छ।

​भीमफेदी गाउँपालिका–१ भैँसेस्थित त्रिखण्डेश्वर महादेव मन्दिरमा मेला भर्न मकवानपुरसहित छिमेकी जिल्ला बारा, पर्सा, चितवन र काठमाडौँ उपत्यकाबाट भक्तजन पुगेका छन्। मेलाका कारण त्रिभुवन राजपथ सडकखण्डमा भिडभाड बढेपछि जिल्ला प्रशासन कार्यालय मकवानपुरले आज एक दिनका लागि हेटौँडा–भैँसे–भीमफेदी–कुलेखानी हुँदै काठमाडौँ आउजाउ गर्ने सार्वजनिक यातायात बन्द गरेको छ। प्रशासनले यात्रुवाहक सवारीलाई वैकल्पिक मार्गका रूपमा कान्ति लोकपथ प्रयोग गर्न आग्रह गरेको छ।

​त्रिखण्डी मेलामा दर्शनसँगै तुलसी विवाह, लाखबत्ती बाल्ने र फूलको डोरी तार्ने परम्परा छ। यहाँ स्थानीय किसानले उत्पादन गरेका सखरखण्ड, पिँडालु, उखु र बदामलगायत कृषि उपजको किनबेच भइरहेको छ। मेला अवधिभर मन्दिर क्षेत्रमा माछामासु, मदिरा बिक्री तथा जुवातास खेल्न निषेध गरिएको छ।

​त्यस्तै, थाहा नगरपालिका–४ स्थित हिन्दू र बौद्ध धर्मावलम्बीको साझा आस्थाको केन्द्र ऋषेश्वर (छ्युमिग झ्याङछुप) मन्दिरमा पनि मेला लागेको छ। अघिल्लो दिन साँझदेखि नै दीप प्रज्वलनसहित जाग्राम बसेका भक्तजनले शुक्रबार बिहानैदेखि पूजाआजा गरिरहेका छन्। ऋषेश्वर क्षेत्र विकास समितिले जात्रा अवधिभर मन्दिर आसपास माछामासु, मदिराको बिक्री–वितरण तथा सेवन र आर्थिक कारोबार हुने खेलकुदमा प्रतिबन्ध लगाएको छ।

​यता, मकवानपुरगढी गाउँपालिका–२ स्थित ऐतिहासिक मकवानपुरगढी दरबार परिसरको वंशगोपाल मन्दिरमा पनि बिहानैदेखि भक्तजनको घुइँचो लागेको छ।

सम्बन्धित समाचार

हेटौँडामा मोटरसाइकलबाट खसेर युवकको मृत्यु, १६ वर्षीय चालक नियन्त्रणमा

हेटौँडा । हेटौँडामा गुडिरहेको मोटरसाइकलबाट खसेर एक युवकको मृत्यु भएको छ। शुक्रबार दिउँसो हेटौँडा उपमहानगरपालिका–१० स्थित जिल्ला प्रहरी कार्यालय मकवानपुर अगाडि मोटरसाइकलबाट खसेर सर्…

हेटौंडा–कुलेखानी सडक आज बन्द, कान्ति लोकपथ प्रयोग गर्न आग्रह

हेटाैडा । मकवानपुर प्रशासनले हेटौंडा–भैंसे–भीमफेदी–कुलेखानी सडक आज एक दिनको लागि बन्द गरेको छ । मकवानपुरको हेटौंडा–भैंसे–भीमफेदी–कुलेखानी हुँदै काठमाण्डौ आउजाउ गर्ने गाडी आज शुक्रब…

Latest in English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी