देशबागमती प्रदेशबागमती प्रदेशमा अनौपचारिक श्रमिकको सामाजिक सुरक्षा अभियान

बागमती प्रदेशमा अनौपचारिक श्रमिकको सामाजिक सुरक्षा अभियान

बागमती | बागमती प्रदेशले अनौपचारिक क्षेत्रमा काम गर्ने श्रमिकलाई सामाजिक सुरक्षा कोषमा जोड्ने अभियानलाई तीव्र बनाएको छ।

हेटौँडामा अनौपचारिक क्षेत्रमा काम गर्ने श्रमिकलाई सामाजिक सुरक्षा कोषमा आवद्धता गराउने बिषयमा भएको अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै श्रम, रोजगार तथा यातायात मन्त्री जयराम थापाले अनौपचारिक श्रमिक प्रायः आधारभूत सुरक्षाविना काम गर्न बाध्य रहेको बताए । उनले प्रत्येक वडामा प्रचार–प्रसार र पूर्वाधारका लागि बजेट छुट्याउनुपर्नेमा जोड दिए। मन्त्री थापाले संघीय सरकारसँग समन्वय गरी कोषमा थप रकम योगदान गर्न प्रदेश सरकार तयार रहेको पनि जानकारी दिए ।

 श्रम, रोजगार तथा यातायात मन्त्रालयको आयोजनामा भएको  अन्तरक्रिया कार्यक्रममा प्रदेशभरिका स्थानीय तहका प्रमुख, उपप्रमुख, प्रशासकीय अधिकृत र सरोकारवालाहरू सहभागी थिए।

 श्रमिकले न्यूनतम पारिश्रमिकको ११ प्रतिशत र सरकारले ९.३७ प्रतिशत योगदान गरी कुल २०.३७ प्रतिशत रकम कोषमा जम्मा हुने कार्यक्रममा वरिष्ठ सहायक निर्देशक जयकृष्ण दुलालले जानकारी दिए । भीमफेदी गाउँपालिका र बुढानिलकण्ठ नगरपालिकाले आफ्ना क्षेत्रका श्रमिकको पञ्जीकरण र अनुभव साझा गरे। भीमफेदीका प्रमुख हिदम लामाले १९७ जना अनौपचारिक श्रमिकको भविष्य सुरक्षित गर्न पालिकाले नियमित योगदान गरिरहेको बताए।

प्रदेशसभा सदस्य र स्थानीय तहका प्रतिनिधिहरूले श्रमिकको अधिकार सुनिश्चित गर्न सबै तहका सरकारबीच सहकार्य आवश्यक रहेको बताए र अभियान सफल बनाउन प्रतिबद्धता जनाए।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img