देशबागमती प्रदेशमकवानपुरमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु
spot_img

मकवानपुरमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु

हेटौँडा । मकवानपुरको मकवानपुरगढी गाउँपालिका–५ र भीमफेदी गाउँपालिका–१ को सिमानास्थित बुङ्दल खोला पुल नजिक मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख प्रहरी उपरीक्षक सुवास चन्द्र बोहोराका अनुसार दुर्घटना राति भएको हो। बा.प्र.०३–००५ प ७९८० नम्बरको मोटरसाइकल अनियन्त्रित भई झण्डै ४० देखि ५० मिटर तल बुङ्दल खोलामा खसेको प्रहरीले जनाएको छ।

दुर्घटनास्थलमै दुई जनाको मृत्यु भएको पुष्टि गर्दै उनीहरूको पहिचान खुलाउने कार्य जारी रहेको प्रहरीले जानकारी दिएको छ। आइतबार बिहान स्थानीय बासिन्दाले मोटरसाइकल खोलामा देखेपछि प्रहरीलाई खबर गरेका थिए।

सूचना प्राप्तलगत्तै प्रहरी टोली घटनास्थल पुगेको र दुर्घटनाको विस्तृत विवरण संकलन भइरहेको उपरीक्षक बोहोराले बताए।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img