इन्फो नेपाल — सञ्चारको सञ्जाल

यसपालिको तिहारमा काठमाडौं उपत्यकामा ५२ लाख फूलका माला खपत हुने, ४८ करोडको कारोबार अनुमान

काठमाडाैँ । यसपालिको तिहारमा काठमाडौं उपत्यकामा झन्डै ५२ लाख वटा फूलका माला खपत हुने अनुमान गरिएको छ। फ्लोरिकल्चर एसोसिएसन नेपालले आज पत्रकार सम्मेलन आयोजना गर्दै यस वर्षको तिहारमा ५२ लाख माला खपत हुने र त्यसबाट झन्डै ४८ करोड रुपैयाँको कारोबार हुने जानकारी दिएको हो।

​खपत हुने कुल मालामध्ये सयपत्रीका ४५ लाख, मखमलीका ६ लाख, गोदावरीका २० हजार र अन्य विभिन्न थरीका फूलका ६० हजार माला रहने एसोसिएसनले जनाएको छ। एसोसिएसनका अध्यक्ष राजेशभक्त श्रेष्ठका अनुसार कुल मागको झन्डै ७७ प्रतिशत अर्थात् ४० लाख माला स्वदेशी उत्पादनबाटै पूर्ति हुने अपेक्षा गरिएको छ।

​यसैबीच, फ्लोरिकल्चर एसोसिएसनले आगामी कात्तिक १२ देखि १६ गतेसम्म ललितपुरको जावलाखेलमा १९औँ गोदावरी फूल प्रतियोगितात्मक प्रदर्शनी आयोजना गर्ने भएको छ। प्रदर्शनीमा सेल्फी कक्षसहित ७८ वटा व्यावसायिक स्टल रहने र ४५० प्रजातिका फूल तथा बिरुवा राखिने आयोजकले जनाएको छ। उक्त मेला झन्डै ३९ हजार जनाले अवलोकन गर्ने अनुमान गरिएको छ।

सम्बन्धित समाचार

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

आज बिहान काठमाण्डौ विश्वका प्रदूषित शहरहरुको सूचीमा ५औं स्थानमा

काठमाण्डौँ । काठमाण्डौ उपत्यकाको वायु प्रदूषण अस्वस्थकर स्तरमा पुगेको छ। अन्तर्राष्ट्रिय वायु प्रदूषण अनुगमन संस्था (आईक्यू एयर) ले आज बिहान सार्वजनिक गरेको तथ्याङ्कअनुसार काठमाण्ड…

इन्फो डेस्क

Latest in English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

सरकार फेरिएको लामो समय बित्दासमेत बागमती प्रदेशसभाले पाएन सभामुख, बैठकसमेत अनिश्चित

मकवानपुर । बागमती प्रदेशमा नयाँ सरकार गठन भइसकेको लामो समय बितिसक्दासमेत प्रदेशसभाले अझै सभामुख पाउन सकेको छैन। मन्त्री पदको भागबण्डा मिलाउन सक्रिय दलहरूबीच सभामुख चयनको विषयमा सहम…

इन्फो डेस्क