हेटौँडा | हेटौँडा–काठमाडौँ जोड्ने हेटौँडा–भीमफेदी–सिस्नेरी–काठमाडौं सडक खण्ड आज बिहानदेखि पूर्ण रूपमा सञ्चालनमा आएको छ। मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–३, ज्यामिरेमा खसेको सुक्खा पहिरो पन्छाएपछि सडक खुला भएको हो।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक श्यामु अर्यालका अनुसार, उक्त सडक शनिबारदेखि पहिरोले अबरुद्ध भएको थियो। अब सडकमा यातायात नियमित रूपमा सञ्चालन भइरहेको प्रहरीले जानकारी दिएको छ।



