बागमती प्रदेशमकवानपुरहेटौँडामा दुई मोटरसाइकल ठोक्किँदा एक महिलाको मृत्यु, श्रीमान् घाइते

हेटौँडामा दुई मोटरसाइकल ठोक्किँदा एक महिलाको मृत्यु, श्रीमान् घाइते

हेटौँडा । पूर्व–पश्चिम राजमार्गअन्तर्गत हेटौँडा–९, पशुपतिनगरमा शनिबार साँझ दुई मोटरसाइकल आपसमा ठोक्किँदा पर्सा बिरगंजकी एक महिलाको ज्यान गएको छ भने उनका श्रीमान् घाइते भएका छन्।

शनिबार साँझ करिब ४:५० बजे रातोमाटेबाट हेटौँडा बजारतर्फ आउँदै गरेको बा प्र ०२–०४५ प ५५९७ नम्बरको मोटरसाइकल र हेटौँडा बजारबाट रातोमाटेतर्फ जाँदै गरेको बा प्र ०३–००५ प ९०६९ नम्बरको मोटरसाइकल आमनेसामने ठोक्किँदा दुर्घटना भएको हो।

ठोक्किएका मध्ये बा प्र ०३–००५ प ९०६९ नम्बरको मोटरसाइकलमा सवार पर्सा जिल्लाको बिरगंज महानगरपालिका–१३, मुर्लीकी ४३ वर्षीया कविता जोशी श्रेष्ठ गम्भीर घाइते भइ सडकमा लड्दा त्यहीतर्फ जाँदै गरेको ना ७ ख ५०१० नम्बरको बसले समेत ठक्कर दिएको प्रहरीले जनाएको छ।

घाइते अवस्थामै हेटौँडा अस्पताल पु-याइएकी कवितालाई उपचारका क्रममा साँझ करिब साढे ५ बजे चिकित्सकले मृत घोषणा गरेका थिए। दुर्घटनामा उनकी श्रीमान् ४८ वर्षीय प्रविण श्रेष्ठ घाइते भएका छन् र हाल उपचाररत छन्।

यस घटनाबारे थप अनुसन्धान भइरहेको मकवानपुर प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img