मकवानपुरहेटौंडा उपमहानगरपालिकाहेटौँडा–४ काे पहिलो प्राथमिकता शिक्षा - वडा अध्यक्ष सिग्देल

हेटौँडा–४ काे पहिलो प्राथमिकता शिक्षा – वडा अध्यक्ष सिग्देल

हेटौँडा | विकासकाे आधार शिक्षालाई मान्दै हेटौँडा–४ नम्बर वडाले शैक्षिक क्षेत्रलाई पहिलो प्राथमिकतामा राखेर बजेट विनियोजन गरेकाे वडा अध्यक्ष नवीन सिग्देलले बताएका छन्। शैक्षिक गुणस्तर सुधार समितिको बैठकमा अध्यक्ष सिग्देलले बाग्मती प्रदेशको राजधानी हेटौँडाको मुख्य शैक्षिक केन्द्रका रूपमा ४ नम्बर वडाले शिक्षामा विशेष ध्यान दिँदै आएको उल्लेख गरे।

बैठकले हेटौँडा उपमहानगरपालिका–४ द्वारा विनियोजित शैक्षिक कार्यक्रमको कार्यान्वयनका लागि मंसिरदेखि वैशाखसम्मको ६ महिनाको कार्ययोजना तयार गरेको छ। कार्ययोजनामा शिक्षक तालिम तथा उत्प्रेरणा कार्यक्रम, बृहत् शैक्षिक तथा सांस्कृतिक मेला, वडास्तरीय खेलकुद प्रतियोगिता, उत्कृष्ट शिक्षक–विद्यार्थी सम्मान, विद्यार्थी उद्यमशीलता कार्यक्रम तथा विद्यालयमा पूर्वाधार निर्माण कार्यलाई अघि बढाउने निर्णयहरू समावेश छन्।

बैठकमा वडाभित्र रहेका सामुदायिक विद्यालय र निजी विद्यालयका प्रिन्सिपलहरू र प्रतिनिधिहरूको उपस्थिति रहेको  थियो।

समितिका अध्यक्ष श्रीराम दाहालको अध्यक्षतामा बसेको बैठकले भुटनदेवी माविका प्रधानाध्यापक माधवप्रसाद दाहाल अनिवार्य अवकाशमा गएपछि रिक्त रहेको कोषाध्यक्ष पदमा भुटनदेवी माविका निमित्त प्रअ सूर्यप्रसाद घिमीरेलाई मनोनीत गरेको सचिव रामसागर गुरागाईंले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img