मकवानपुरमकवानपुरगढी गाउँपालिकावडाबाटै बृद्ध भत्ता पाउँदा मकवानपुरगढीका ज्येष्ठ नागरिक खुसी

वडाबाटै बृद्ध भत्ता पाउँदा मकवानपुरगढीका ज्येष्ठ नागरिक खुसी

हेटौंडा- मकवानपुरगढी गाउँपालिकाले सामाजिक सुरक्षा भत्ता (बृद्धभत्ता) वडाबाट नै वितरण गर्न थालेपछि ज्येष्ठ नागरिक खुसी छाएको छ  ।गाउँपालिकाको ८ वटै वडाहरूमध्ये पहिलो चरणमा वडा नं ८ र १ बाट भत्ता वितरण सुरु गरिएको हो । वृद्धहरूलाई बैंकसम्म आउन गाह्रो हुने भएपछि यो व्यवस्था गरिएको गाउँपालिका अध्यक्ष दोर्जे लामा स्याङ्तानले बताए ।

makwanpuragadhi

वडा नं १ का १८३ जनाले बिहीबार नै भत्ता पाएका छन्। वृद्धहरू भने चाँडै आफ्नो वडाबाट नै भत्ता पाउने भएपछि खुसी व्यक्त गरेका छन् । गाउँपालिकाले चालु आर्थिक वर्षभित्र सबै वडाका लाभग्राहीलाई वडाबाट नै भत्ता दिने जनाएको छ ।

वडाबाट बैंकमा भत्ता लिन पालिका सम्म आउन जान निकै कठिन हुने गरेको र झन धेरै मोटर भाडा लाग्ने गरेकोले अब आफुहरुले वडा वडाबाटै भत्ता बुझ्न पाएपछि वडा नम्बर- १ का लाभाग्राहिहरुको मुहारमा खुसि झल्किएको छ ।

पालिका संगै रहेको नबिल बैंकमा घण्टौँसम्म लाइन लागेर वृद्धा भत्ता बुझ्दै आएका स्थानीय मान बहादुर घिसिङ्ग यस आर्थिक वर्षको दोस्रो त्रैमासिक भत्ता वडाबाटै बुझ्न पाउँदा निकै उत्साहित भए ।

उनले पालिका र जनप्रतिनिधिलाई धन्यवाद दिदै भने,  “निर्वाचनका बेला भोट माग्न आउँदा वृद्धा भत्ता वडा वडाबाट दिन्छौँ भन्थे, त्यतिबेला आफूलाई पट्कै विश्वास लागेको थिएन, अहिले भने निर्वाचनमा मतदातासँग गरेका प्रतिवद्धता अनुसार नै काम गरेकामा निकै खुशी लागेको छ ।”

वडा वडाबाट वृद्धा भत्ता बुझ्न पाएपछि स्थानीय सरकार घर घरमा आएको जस्तो र महसस भएको पनि घिसिङ्गले बताए ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img