देशमधेस प्रदेशसप्तरीमा २ दु'र्घटनामा २ जनाको मृ'त्यु, २ घा'इते

सप्तरीमा २ दु’र्घटनामा २ जनाको मृ’त्यु, २ घा’इते

२३ असोज, सप्तरी । सप्तरीमा भएको २ दुर्घटनामा एक बालकसहित दुई जनाको मृ’त्यु भएको छ । दुई जना घा’इते भएका छन् ।

पूर्वपश्चिम राजमार्ग अन्तर्गत खडक नगरपालिका–६ ईन्द्रचौतारी चोकमा बसले दिएको ठ’क्करबाट मोटरसाइकलमा सबार एक जना महिलाको मृ’त्यु भएको छ ।पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको प्र २–०१–००१ प ०३३४ नम्बरको मोटरसाइकललाई सोही दिशातर्फ जाँदै गरेको बा ३ ख ९६९० नम्बरको बसले ठ’क्कर दिँदा मोटरसाइकलको पछाडि सवार खडक नगरपालिका–९ सरपाका ३० बर्षीया गुल्लु खातुनको मृ’त्यु भएको प्रहरीले जनाएको छ ।

दु’र्घटनामा घा’इते भएकी उनलाई उपचारका लागि अस्पताल लग्ने क्रममा बाटोमै मृ’त्यु भएको सप्तरी प्रहरीका प्रवक्ता एवं डीएसपी माधवप्रसाद काफ्लेले जानकारी दिए ।उनका अनुसार दु’र्घटनामा मृतकका पति मोटरसाइकल चालक ३२ बर्षीय कुदरस र ५ बर्षीय छोरा समद घा’इते भएका छन् । घा’इतेको स्थानीयस्तरमा उपचार भइरहेको तथा ठ’क्कर दिने बस तथा बसका चालक दोलखाको कालिन्चोक गाउँपालिका ४ बन्चरे बस्ने ३३ बर्षीय नेत्रबहादुर थामीलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

यस्तै, रुपनी गाउँपालिका- ६ स्थित पूर्व पश्चिम राजमार्गमा गाडीले ठक्करले एक जना बालकको मृ’त्यु भएको छ ।पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना २ च ३७५४ नम्बरको गाडीको ठ’क्करले स्थानीय तुलसी चौधरीको १० बर्षीय छोरा सुशील चौधरीको मृ’त्यु भएको प्रहरीले जनाएको छ ।गत असोज १८ गते घा’इते भएका उनको उ’पचार भइरहेको अवस्थामा चिकित्सकले निको हुँदैन भनी डिस्चार्ज गरी पठाएपछि घर ल्याउने क्रममा शुक्रबार राति बाटोमै मृ’त्यु भएको डीएसपी काफ्लेले बताए ।

ठक्कर दिने गाडीलाई नियन्त्रणमा राखिएको प्रहरीले जनाएको छ ।-/फाइल तस्बिर

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img