इन्फो नेपाल — सञ्चारको सञ्जाल

बडीमालिकामा भारी हिमपात,दुई पर्यटक सम्पर्कविहीन

बजुरा । बाजुराको प्रसिद्ध धार्मिक तथा पर्यटकीय क्षेत्र बडीमालिका पुगेका कञ्चनपुरका दुई पर्यटक भारी हिमपातपछि सम्पर्कविहीन भएका छन्। बडीमालिका भगवतीको दर्शन र भ्रमणका लागि पुगेका कञ्चनपुरको बेदकोट नगरपालिका (दैजी) का २० वर्षीय मनिष बोहरा र कृष्णपुर नगरपालिका–२ का २१ वर्षीय सागर कार्की सम्पर्कविहीन भएका हुन्।

​गत कात्तिक ९ गते सदरमुकाम मार्तडीबाट ५ जनाको टोली बडीमालिकातर्फ गएको थियो। टोलीका अन्य तीन जना फर्किसकेका छन्। ४ हजार २ मिटरको उचाइमा रहेको बडीमालिकाबाट फर्कने क्रममा शुक्रबार मनिष सम्पर्कविहीन भएका थिए भने उनका साथी सागरसँग पनि गएरातिदेखि सम्पर्क हुन छाडेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ।

​अन्तिम पटक फोन सम्पर्क हुँदा सागरले साथी हराएको र आफू त्रिवेणी पाटनमा रहेको जानकारी दिएका थिए। त्यसपछि भारी हिमपातका कारण दुवै जनाको मोबाइल बन्द भएको प्रहरीको अनुमान छ।

​जिल्ला प्रहरी कार्यालय बाजुराका सूचना अधिकारी एवं प्रहरी निरीक्षक नरेशबहादुर शाहीका अनुसार अत्यधिक हिमपातका कारण उनीहरू उच्च पहाडी क्षेत्रमै अलपत्र परेको हुनसक्छ। सम्पर्कविहीन दुवै जनाको खोजी तथा उद्धारका लागि प्रहरी टोली बडीमालिकातर्फ पठाउने तयारी भइरहेको छ।

सम्बन्धित समाचार

बझाङमा अटोरिक्सा दुर्घटना : एकै परिवारका ४ जनाले ज्यान गुमाए

बझाङ। बझाङको बुङ्गल नगरपालिका–१० टुमेडामा आज (सोमबार) बिहान भएको अटोरिक्सा दुर्घटनामा एकै परिवारका चार जनाको मृत्यु भएको छ। टुमेडा गाउँबाट बिथ्थडचिर गाउँपालिकाको बिथ्थड बजारतर्फ जा…

इन्फो डेस्क

बडीमालिकामा हिमपातमा फसेका एक पर्यटकको हेलिकप्टरमार्फत उद्धार, अर्का युवा अझै सम्पर्कविहीन

बाजुरा । बाजुराको बडीमालिका क्षेत्रमा भारी हिमपातपछि अलपत्र परेका दुईमध्ये एक पर्यटकको नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरिएको छ। ​अत्यधिक हिउँ परेपछि ४ हजार २ मिटर उचाइमा रहेक…

इन्फो डेस्क

Latest in English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

दोधारा–चाँदनी झोलुङ्गे पुलको पिल्लर भाँचिँदा आवतजावत पूर्ण रूपमा ठप्प

काठमाडाैँ । कञ्चनपुरस्थित महाकाली नदीमाथि रहेको प्रसिद्ध दोधारा–चाँदनी झोलुङ्गे पुलको एउटा पिल्लर भाँचिएपछि आवतजावत पूर्ण रूपमा ठप्प भएको छ। नदीमा पानीको बेग बढेका कारण बुधबार बिहा…

इन्फो डेस्क