समाजहेटौँडामा स्कुटरको ठक्करबाट पैदलयात्रीको मृत्यु

हेटौँडामा स्कुटरको ठक्करबाट पैदलयात्रीको मृत्यु

हेटौँडा |  हेटौँडा उपमहानगरपालिका–१६ स्थित गुरुधामचोकमा स्कुटरको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार शुक्रबार ठुलोदमारबाट हटिया तर्फ जाँदै गरेको बा.प्र.०३–०४ प ९५२६ नम्बरको स्कुटरले पैदलयात्रा गरिरहेका स्थानीय ७६ वर्षीय अनिरुद्र बस्ताकोटीलाई ठक्कर दिएको थियो। उक्त ठक्करबाट गम्भीर घाइते भएका बस्ताकोटीलाई तत्काल उपचारका लागि हेटौंडा अस्पताल ल्याइएको थियो।

हेटौंडा अस्पतालमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि चितवनस्थित पुरानो मेडिकल कलेज रिफर गरिएकोमा आज बिहान उपचारकै क्रममा उनको निधन भएको प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img