समाजबारामा बाघको आक्रमणमा परी एक व्यक्तिको मृत्यु

बारामा बाघको आक्रमणमा परी एक व्यक्तिको मृत्यु

बारा । बारामा बाघको आक्रमणबाट एक व्यक्तिको ज्यान गएको छ । मृत्यु हुनेमा जितपुर सिमरा उपमहानगरपालिका–२२, २ नम्बर पुल निवासी ५५ वर्षीय कृष्णप्रसाद शर्मा रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता डिएसपी विजयराज पण्डितका अनुसार आज बिहान करिब ७ः३० बजे शर्मा स्कुटर लिएर आधाभार जङ्गलतर्फ घाँस काट्न गएका थिए । तर, लामो समयसम्म घर नफर्किएपछि आफन्तले खोजतलास सुरु गरेका थिए ।

खोजीका क्रममा जङ्गलभित्र उनको स्कुटी र घाँस भेटिए पनि उनी भने देखिएनन् । त्यसपछि आफन्तले प्रहरीलाई जानकारी गराएका थिए ।

प्रहरी र स्थानीयहरूले खोजतलास गर्दा जङ्गलभित्र चप्पल र रगतको दाग भेटिएको थियो । दिउँसो प्रहरी टोली र आधाभार ब्यारेकबाट खटिएको नेपाली सेनाको संयुक्त टोलीले जङ्गलमै उनको शव फेला पारेको हो ।

प्रहरीका प्रवक्ता पण्डितका अनुसार शवको टाउको नभएको र बाघको आक्रमणबाट मारिएको देखिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img