समाजथानकोट डिपोका लागि पठाइएको पेट्रोल बाटोमै चोरी, चार जना पक्राउ

थानकोट डिपोका लागि पठाइएको पेट्रोल बाटोमै चोरी, चार जना पक्राउ

हेटौँडा । बाराको अमलेखगञ्जबाट काठमाडौंस्थित नेपाल आयल निगमको थानकोट डिपोका लागि पठाइएको पेट्रोलियम पदार्थ अवैध रूपमा बिक्री गरेको अभियोगमा चालक र पम्प सञ्चालकसहित चार जना पक्राउ परेका छन्।

ना.४ ख ९३७७ नम्बरको ट्यांकरबाट पेट्रोल झिक्दै गरेको अवस्थामा मकवानपुरको मनहरी गाउँपालिका–८ मा रहेको जय शिव शरणम् फ्युल सेन्टर प्रा.लि. मा प्रहरीले नियन्त्रणमा लिएको हो।

मकवानपुरका प्रहरी प्रमुख (एसपी) सुवास बोहराका अनुसार अमलेखगञ्ज डिपोबाट आइतबार दिउँसो थानकोट डिपोका लागि प्रस्थान गरेको ट्यांकर मनहरीमा रोकिएर चालक र पम्प सञ्चालक मिलेर पेट्रोल झिक्दै गर्दा पक्राउ गरिएको हो।

प्रहरी अनुसन्धानका क्रममा चालक र पम्प सञ्चालकबीच प्रतिलिटर ६० रुपैयाँमा पेट्रोल खरिद–बिक्री हुने गरेको तथ्य खुलेको बताइएको छ।

नेपाल आयल निगम अमलेखगञ्ज डिपोका प्रमुख प्रलेङ्कर आचार्यले ट्यांकर थानकोटका लागि लोड भएर गएको हुनाले अन्यत्र तेल झार्न नमिल्ने स्पष्ट गरे। उनले भने, “प्रहरीको प्रतिवेदनको आधारमा सो ट्यांकरलाई निश्चित समयका लागि तेल बोक्न रोक लगाइनेछ।”

आचार्यका अनुसार, चालक र पेट्रोल पम्प सञ्चालकविरुद्ध चोरी सम्बन्धी मुद्दा दर्ता गरी कारबाही प्रक्रिया अघि बढाइनेछ।नेपाल आयल निगम र प्रहरीले घटनाबारे थप अनुसन्धान जारी रहेको जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img