समाजभुटनदेवी माविका प्रधानाध्यापक दाहालको बिदाइ

भुटनदेवी माविका प्रधानाध्यापक दाहालको बिदाइ

हेटौँडा | हेटौँडा–४ स्थित भुटनदेवी माध्यमिक विद्यालय (प्राविधिक शिक्षालय)का प्रधानाध्यापक माधवप्रसाद दाहाललाई उमेर हदका कारण अनिवार्य अवकाश भएपछि विद्यालयले विशेष कार्यक्रम गरी बिदाइ गरेको छ।

शुक्रबारदेखि अवकाशमा पुगेका दाहाललाई आइतबार विद्यालयले सम्मानसहित बिदाइ गरेको हो। उनको अवकाशपछि विद्यालयका सूर्यप्रसाद घिमिरेले निमित्त प्रधानाध्यापकको जिम्मेवारी सम्हालेका छन्।

दाहालले २०४८ जेठ ५ गते गणित विषयका शिक्षकका रूपमा भुटनदेवी माविमा सेवा सुरु गरेका थिए। २०६७ कात्तिक ७ गते प्रधानाध्यापक बनेका उनले विद्यालयमा उल्लेखनीय सुधार ल्याए।

विद्यालयमा करिब ७ सय विद्यार्थी भएको समय जिम्मेवारी सम्हालेका उनले २ हजार ४ सय विद्यार्थी पुर्याएर अवकाश लिएका छन् ।

दाहालको नेतृत्वमा विद्यालयले २०७० सालदेखि अङ्ग्रेजी माध्यम र प्राविधिक शिक्षा कार्यक्रम सुरु गरेको थियो। अहिले भुटनदेवी मावि हेटौँडाको प्रमुख प्राविधिक शिक्षालयका रूपमा परिचित बनेको छ।

व्यवस्थापन समितिका अध्यक्ष तथा हेटौँडा–४ का वडाध्यक्ष नवीन सिग्देल प्रमुख आतिथ्यमा भएको बिदाइ कार्यक्रममा हेटौँडा–२ का वडाध्यक्ष बिष्णुगोपाल महर्जन, शिक्षा महाशाखा प्रमुख सिताराम कोइराला, संयोजक श्रीराम दाहाल, पूर्व प्रधानाध्यापक देवप्रसाद श्रेष्ठ लगायत शिक्षक, कर्मचारी र स्थानीय शिक्षाप्रेमी सहभागी थिए।

वक्ताहरूले दाहालको अनुशासित नेतृत्व, स्पष्ट दृष्टिकोण र विद्यालय सुधारमा पुर्‍याएको योगदानको प्रशंसा गरे।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img