समाजमकवानपुरमा खैरो हेरोइनसहित ६ जना पक्राउ

मकवानपुरमा खैरो हेरोइनसहित ६ जना पक्राउ

मकवानपुर | जिल्लाका विभिन्न स्थानबाट खैरो हेरोइनसहित ६ जना पक्राउ परेका छन्। लागुऔषध नियन्त्रण अभियान कडा बनाइरहेको प्रहरीले बिहीबार र शुक्रबार छुट्टाछुट्टै तीन सञ्चालनबाट उनीहरूलाई नियन्त्रणमा लिएको हो।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका निमित्त सूचना अधिकारी प्रहरी निरीक्षक राजु प्रसाद कुर्मीका अनुसार पक्राउ परेका सबैलाई लागुऔषध (निषेधित) कसुरमा अदालतबाट म्याद थप गरी अनुसन्धान जारी छ।

बिहीबार दिउसो हेटौँडा–५ सानोपोखरा चोक नजिक विशेष सूचनाका आधारमा २२ वर्षीय सुमित थापा मगरलाई पक्राउ गरिएको छ। वडा प्रहरी कार्यालय सानोपोखराका इन्चार्ज प्रहरी निरीक्षक धर्मराज खत्रीको नेतृत्वमा खटिएको टोलीले थापाको साथबाट रातो प्लास्टिकमा प्याक गरिएको ४ ग्राम २७० मिलिग्राम (प्लास्टिक बाहेक २ ग्राम ९० मिलिग्राम) खैरो हेरोइन बरामद गरेको प्रहरीले जनाएको छ।

बिहीबार बिहान बजे हेटौँडा–१५ रातोमाटेमा पूर्व–पश्चिम राजमार्ग चेकजाँचका क्रममा म.प्र.०३–०३१ प ६९९० नम्बरको मोटरसाइकल रोकेर २ जनालाई नियन्त्रणमा लिएको जनाएको छ । पक्राउ पर्नेमा पर्सा वीरगन्ज–३१ का २१ वर्षीय चालक शिव पासवान र २३ वर्षीय निरज चौधरी रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।उनीहरूले जुत्ताभित्र लुकाइ ल्याएको १६० मिलिग्राम खैरो हेरोइन प्रहरीको चेकजाँचमा फेला परेको हो।

त्यस्तै, बिहीबार राति रातोमाटेमा नियमित चेकजाँचका क्रममा दुईवटा ईभी गाडीमा सवार तीन जना पक्राउ परेका छन् । बागमती प्रदेश ०१–००६ ज ७९८३ नम्बरको ईभीमा सवार चितवन राप्ती–८का २८ वर्षीय कर्ण गुरुङको साथबाट १ ग्राम ६२० मिलिग्राम खैरो हेरोइन भेटियो थियो । त्यसै बेलामा बागमती प्रदेश ०६–००१ ज ०४४१ नम्बरको अर्को ईभीमा रहेका हेटौँडा–१२ का २७ वर्षीय सन्तोष आलेमगर र मनहरी–३ का ३० वर्षीय सानुकान्छा राईसँग ४८० मिलिग्राम खैरो हेरोइन बरामद गरिएको प्रहरीको विवरणमा उल्लेख छ।

प्रहरीका अनुसार एकै दिनमा तीन स्थानबाट ६ जना नियन्त्रणमा परिनु लागुऔषध ओसारपसार नेटवर्क सक्रिय रहेको संकेत हो। अधिकारीहरूले राजमार्ग क्षेत्रमा थप निगरानी बढाइने जनाएका छन्।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img