समाजभ्रष्टाचार गरेको भए म खोरमा हुन्थेँ : मन्त्री कुलमान घिसिङ

भ्रष्टाचार गरेको भए म खोरमा हुन्थेँ : मन्त्री कुलमान घिसिङ

चितवन | ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री कुलमान घिसिङले नेपाल विद्युत् प्राधिकरणमा कार्यरत रहँदा आफूले कुनै पनि भ्रष्टाचार नगरेको स्पष्ट पारेका छन्। चितवनमा आयोजित जिल्लास्तरीय भेलामा उनले भने, “यदि मैले भ्रष्टाचार गरेको भए आज म प्रहरीको खोरमा हुन्थेँ।”

भरतपुरस्थित सेरेन होटलमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री घिसिङले देश परिवर्तनको मुख्य बाटो राजनीति नै भएको उल्लेख गर्दै राजनीतिबाट नभाग्ने प्रतिबद्धता व्यक्त गरेका छन् । आफू राजनीति गर्न नभई देश परिवर्तन गर्न आएको उनको भनाइ थियो।

“सुशासनबिनाको देश कहिल्यै अगाडि बढ्दैन,” उनले भने, “हामी शासक बन्न आएका होइनौँ, सेवक बन्न आएका हौँ। भाषण गर्न होइन, डेलिभरी गर्न आएका हौँ।”

उनले २००७ सालदेखि हालसम्म नेपालमा विभिन्न राजनीतिक परिवर्तन भए पनि अपेक्षित आर्थिक प्रगति हुन नसकेको उल्लेख गरे। सोही अवधिमा चीन र भारतले ठूलो फड्को मारेको उदाहरण दिँदै उनले भने, “हाम्रो जिडिपी करिब ७५ गुणा बढ्दा भारतको १५० गुणा बढ्यो। व्यवस्थाभन्दा पनि नेतृत्व आवश्यक रहेछ।”

युरोपका उदाहरण प्रस्तुत गर्दै घिसिङले राजनीतिक र आर्थिक परिवर्तनका लागि दृढ नेतृत्वको भूमिका महत्त्वपूर्ण हुने बताए। अब युवाहरूले नेतृत्व लिनुपर्ने समय आएको उनको भनाइ थियो। “जब तपाईं सही बाटोमा हुन्छन्, विरोध आफैँ आउँछ। विरोध आउनु भनेको तपाईं अगाडि बढिरहनुभएको प्रमाण हो,” उनले भने।

चितवनबारे बोल्दै मन्त्री घिसिङले यस जिल्लालाई सम्भावनै–सम्भावनाले भरिएको आर्थिक केन्द्रका रूपमा चित्रण गरे। “चितवन नेपालको विकासको नमुना सहर बन्नुपर्छ,” उनले भने। राप्ती र नारायणी नदीले घेरिएको भौगोलिक अवस्थालाई अवसरका रूपमा उपयोग गर्न सकिने उल्लेख गर्दै उनले ठाउँ–ठाउँमा चेक ड्याम बनाएर कृषि, ऊर्जा र पर्यटन विकास गर्न सकिने धारणा राखे।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img