राजनीतिकसैले दार्चुला पुगेर भाषण गर्दैमा लिम्पियाधुरा फिर्ता हुँदैन, कुटनीतिक वार्ता गर्नुपर्छ :...

कसैले दार्चुला पुगेर भाषण गर्दैमा लिम्पियाधुरा फिर्ता हुँदैन, कुटनीतिक वार्ता गर्नुपर्छ : प्रधानमन्त्री देउवा

काठमाडौं / प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिपक्ष दलका नेताले दार्चुला पुगेर भाषण गर्दैमा लिम्पियाधुरा फिर्ता नहुने बताएका छन् ।

उनी आज गृहजिल्ला डडेल्धुराको भद्रपुरमा भएको चुनावीसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले केपी ओली जी दार्चुला गएर भाषण गर्दैमा लिम्पियाधुरा फिर्ता आउँछ , भनेर प्रश्न गरेका हुन् ।
साथै उहाँले अतिक्रमित भूमि कूटनीतिक र वार्ताका माध्यमबाट फिर्ता ल्याउने प्रतिवद्धता समेत व्यक्त गरेका छन् । बोलेर मात्रै समस्या समाधान नहुने भन्दै उहाँले भूमि फिर्ता ल्याउन भारतसँग कुरा गर्ने बताए ।

हिजो दार्चुलाको खलंगामा भएको चुनावी सभामा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो देशको एक इन्च जमिन कसैलाई नछाड्ने बताए थिय । आज डडेल्धुरामा भएको सभामा नेपाली कांग्रेस सभापति समेत रहेका प्रधानमन्त्री देउवाले धेरै लामो लडाईंपछि ल्याएको प्रजातन्त्र तथा समावेशी संविधानलाई बचाउनुपर्ने आवश्यकता रहेको समेत बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img