Sunday, March 16, 2025
समाजप्रचण्डलाई अब्दुसकाे जवाफ - गाडीबाट झरेर, माला खाेलेर साेध्नुस् प्रतिस्पर्धी जनताले चिनाउँनेछ्न्

प्रचण्डलाई अब्दुसकाे जवाफ – गाडीबाट झरेर, माला खाेलेर साेध्नुस् प्रतिस्पर्धी जनताले चिनाउँनेछ्न्

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चुनावी अभियान अन्तर्गत शुक्रबार गोरखा आएर आफ्नो कुनै प्रतिस्पर्धी नै नदेखेको बताएका थिए । आफ्नो जित सुनिश्चित भएको बताउँदै अहिले गोरखा-२ मा कुनै प्रतिस्पर्धी नै नदेखेको उनको तर्क थियो ।

अहिले गोरखा -२ मा प्रचण्डविरुद्ध चुनावी मैदानमा रहेका नेकपा एमालेका अब्दुस मियाँले भने त्यसको जवाफ फर्काएका छन् । चुनावी अभियानका लागि शनिबार गोरखाको बारपाक पुगेका मियाँले चुनावको मतगणनापछि प्रचण्डले प्रतिस्पर्धी चिन्ने बताए ।

‘गाउँका जो(कसैलाई सोध्नुहोला प्रतिस्पर्धी को रु भनेर । सबैले भनिदिनुहुन्छ र जिताएर अब्दुस तपाईंको प्रतिस्पर्धीहरू हो भन्ने देखाउनुहुन्छ । गाडीबाट झरेर प्रतिस्पर्धी सोध्नुस्, मेरो चुनौती छ,’ मियाँले भने ।

प्रचण्ड गाडीमा आफ्ना मान्छेले घेरिएर हिँडेको र जनतासँग नभेटेकाले प्रतिस्पर्धी नचिनेको मियाँको तर्क छ । ‘दुई दिन ५०/६० व्यक्तिबाट घेरिएर कालो सिसाभित्र हिँडेपछि प्रतिस्पर्धी चिनिंदैन, गोरखाका समस्या देखिंदैन । स्वाभाविक हो, उनले भने ।

spot_img
spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

ताजा
सिफारिस
बिज्ञापन
spot_img