विज्ञान/प्रविधिफेसबुक पेज–नामबारे फैलिएको भ्रम : ‘पहिले बनायो भने अधिकार हुन्छ’ भन्ने दाबीको...

फेसबुक पेज–नामबारे फैलिएको भ्रम : ‘पहिले बनायो भने अधिकार हुन्छ’ भन्ने दाबीको वास्तविकता

काठमाडौँ | नेपालमा सामाजिक सञ्जालको पहुँच तीव्र गतिमा बढ्दै गएको छ। त्यससँगै फेसबुक पेज–नामसँग सम्बन्धित केही गलत बुझाइ पनि रुढ भइरहेका छन्। पछिल्लो समय धेरैले “पहिले पेज बनाएकोले नै नामको अधिकार पाउँछ” भन्ने दाबी गरिरहे पनि यसको न त कानुनी आधार छ, न फेसबुकको नीतिमा यस्तो व्यवस्था छ।

फेसबुकको संरचना अनुसार ‘पेज नेम’ अनिवार्य रूपमा अद्वितीय हुनुपर्छ भन्ने कुनै नियम छैन। एउटै नाम वा मिल्दोजुल्दो नाममा धेरै पेज खोल्न सकिने स्पष्ट व्यवस्था फेसबुकले राखेको छ। त्यसैले “पहिले बनाएको” आधारमा कुनै पेजले नामको सम्पूर्ण अधिकार दाबी गर्न पाउँदैन। फेसबुकका लागि ‘पेज नाम’ कानुनी स्वामित्व होइन, प्लेटफर्म भित्रको सामान्य परिचय मात्र हो।

यसबिपरीत, फेसबुकको युजर (@username) भने अनिवार्य रूपमा अद्वितीय हुन्छ। यही कारणले युजरनेम सुरक्षित गर्नु महत्वपूर्ण हुन्छ। तर सामान्य पेजको नाम एउटै वा मिल्दोजुल्दो हुन–नहुनमा फेसबुकले रोकावट राख्दैन।

अब कानुनी पक्ष हेर्दा, नेपालमा ब्रान्ड, नाम वा लोगोको अधिकार टेडमार्क प्याटेन्ट र डिजाइन सम्बन्धी कानुनअन्तर्गत सुरक्षित हुन्छ। कुनै नाम वा चिन्ह ट्रेडमार्कका रूपमा दर्ता भएको छ भने मात्र त्यसले डिजिटल प्लेटफर्मसमेत कानुनी संरक्षण माग्न सक्छ। दर्ता गरिएका ब्रान्ड वा नामको दुरुपयोग भएको पाइएमा सम्बन्धित व्यक्ति वा संस्थाले फेसबुकमा ‘टेडमार्क भोईलेसन’ को उजुरी दिन सक्छ। फेसबुकले आवश्यक परे पेज हटाउने वा नाम परिवर्तन गराउनेसम्मका कदम चाल्न सक्छ।

तर ट्रेडमार्क दर्ता नै नगरेको अवस्थामा, “मैले पहिले पेज बनाएँ” भन्ने कुरा कानुनी रूपमा प्रभावहीन हुन्छ। फेसबुकले पनि यस्तो आधारलाई मान्यता दिँदैन।

धेरैले “२०१९ मा बनेको पेज र २०२५ मा rename गरिएको अर्को पेज एउटै नाममा छन् भने कसको अधिकार बलियो?” त्तर स्पष्ट छ ट्रेडमार्क दर्ता गरिसकेको पक्षको। यदि दुवैले दर्ता गरेका छैनन् भने फेसबुकले दुबैलाई नाम प्रयोग गर्न दिन सक्छ। त्यस अवस्थामा “पुरानो पेज” भन्ने तर्कले कुनै अर्थ राख्दैन।

वास्तविक समस्या धेरैजसो अवस्थामा नामभन्दा प्रतिनिधित्वमा सीमित हुन्छ। कसैले अरूकै नाम, लोगो वा पहिचान नक्कल गरी जनतालाई भ्रममा पार्ने गतिविधि फेसबुक नीतिअनुसार प्रतिबन्धित छ। यस्तो अवस्थामा मात्र फेसबुकले उजुरीका आधारमा कारबाही गर्छ। तर केवल समान नाम भएको कारणले कुनै पेज हटाउनुपर्ने बाध्यता फेसबुकसँग छैन।

अन्ततः, फेसबुक पेज–नामको अधिकार बनाएको मितिमा होइन, कानुनी दर्ता, ट्रेडमार्क संरक्षण र स्पष्ट पहिचानमा आधारित हुन्छ।

नेपालमा फैलिएको “पहिले बनाएकोको एकल अधिकार” भन्ने मिथक वास्तविकता होइन। डिजिटल पहिचान सुरक्षित राख्न चाहिने मुख्य उपाय- ब्रान्ड दर्ता, प्रमाणिक पहिचान र आवश्यकता परे फेसबुक तथा कानुनी दुवै प्रक्रियाको प्रयोग हो।

इंटरनेट खुला प्रणाली हो । नामबाट होइन, दर्ता र प्रमाणबाट अधिकार मानिन्छ। यही हो फेसबुकको नियम र नेपाली कानुन दुवैले स्वीकार गरेको तथ्य।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img