कतारमा जारी फिफा विश्वकप फुटबलमा सेमिफाइनल समिकरण पूरा भइसकेको छ। सेमिफाइनलमा अर्जेन्टिना र क्रोएशिया तथा फ्रान्स र मोरक्को आमने सामने हुने छन्। स्टार खेलडी क्रिष्टियानो रोनाल्डोको पोर्चुगल शनिबार भएको क्वाटरफाइनलमा मोरक्कोसँग १-० गोल अन्तरले पराजित भएपछि प्रतियोगिताबाट बाहिर भएको छ। योसँगै रोनाल्डोको विश्वकप जित्ने सपना अधुरै रह्यो। सायद यो विश्वकप नै अन्तिम विश्वकप भनिएको रोनाल्डो अर्को विश्वकप खेल्छन् वा खेल्दैनन् त्यो भने निश्चित छैन। अबको ४ वर्षपछि आयोजना हुने विश्वकप अघि उनले सन्यास लिन सक्ने अनुमान भने लगाउन सकिन्छ।
पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डो लगातार दोस्रो खेलमा बेन्चमा परेका थिए र पछि विकल्पका रूपमा आएका थिए। तर, उनले कुनै गोल गर्न सकेनन् र टोलीलाई जित दिलाउन सकेनन्। विश्वकपबाट बाहिरिएपछि रोनाल्डो एक्लै मैदान बाहिर निस्दा रोएको अवस्थामा देखिएका थिए। रोनाल्डोले विश्वकपबाट बाहिर हुनु र अनुभवको बारेमा आफ्नो पहिलो प्रतिक्रिया सार्वजनिक गरेका छन्। उनले इन्स्टाग्राममा पोस्ट गर्दै लामो नोट लेखेका छन्। ३७ वर्षीय स्टार फुटबलर आफ्नो पूर्व क्लब म्यानचेस्टर युनाइटेडका लागि पोर्चुगिज राष्ट्रिय टोलीबाट खेल्दा पनि विवादमा फसेका छन्। तर, पोर्चुगलप्रतिको आफ्नो समर्पण एक क्षणका लागि पनि परिवर्तन नभएको उनले पोस्टमा लेखेका छन्।
रोनाल्डोले लेखे- पोर्चुगलका लागि विश्वकप जित्नु मेरो करियरको सबैभन्दा ठूलो र महत्वाकांक्षी सपना थियो। सौभाग्यवश, मैले पोर्चुगलका लागि धेरै अन्तर्राष्ट्रिय उपाधि जितें, तर मेरो सबैभन्दा ठूलो सपना मेरो देशलाई विश्वको शीर्षमा ल्याउने थियो। त्यसका लागि लडेको छु। यो सपनाको लागि धेरै संघर्ष गरे। १६ वर्षमा विश्वकपका पाँच संस्करणमा, म सधैं महान खेलाडीहरूसँग र उनीहरूको समर्थन र लाखौं पोर्चुगिजहरूको समर्थनमा खेलेको छु। मैले टिमको लागि मैदानमा सबै दिएँ। म सधैं लडें र उहाँबाट पछि हटिन। आफ्नो सपनालाई कहिल्यै हार मानिनन्। माफ गर्नुहोस्, हिजो सपना टुट्यो।
रोनाल्डोले अगाडि लेखेका छन्- ती विवादहरूमा प्रतिक्रिया दिनु उपयुक्त छैन। म तपाईहरू सबैलाई यो जान्न चाहन्छु कि धेरै भनिएको छ, धेरै लेखिएको छ, धेरै अनुमान गरिएको छ, तर पोर्चुगलप्रति मेरो भक्ति एक क्षणको लागि पनि परिवर्तन भएको छैन। म सँधै सबैका लागि लडिरहेको थिएँ र म मेरो सहयोगी र मेरो देशलाई कहिल्यै पछाडि फर्काउने छैन। रोनाल्डोले पोर्चुगललाई धन्यवाद दिँदै भने, ‘सपना नटुटेसम्म सबै राम्रो थियो।’
रोनाल्डोले लेखेका छन्, ‘अहिले धेरै भन्नु केही छैन। धन्यवाद पोर्चुगल। धन्यवाद कतार सपना लामो समय सम्म राम्रो थियो … अब केवल आशा छ कि मौसम राम्रो सल्लाहकार हुनेछ र सबैलाई आफ्नो निष्कर्ष निकाल्न अनुमति दिनुहोस्। रोनाल्डोको यो रहस्यमय पोस्टले फ्यानहरुलाई समस्यामा पारेको छ। यो पोष्टबाट रोनाल्डोले पोर्चुगलका लागि अन्तिम खेल खेलिसकेका छन् र अब उनी फेरि खेल्ने देखिँदैनन् भन्ने देखिन्छ किनभने उनले सपना टुटेको लेखेका छन्। अर्थात् रोनाल्डोले आशा त्यागेका छन्।
यो विश्वकपमा रोनाल्डोले एक गोल गरे। उनी विश्वकपको पाँच संस्करणमा गोल गर्ने पहिलो खेलाडी पनि बनेका छन्। रोनाल्डोले मोरक्कोविरुद्धको खेलमा पनि विशेष कीर्तिमान बनाएका थिए। उनले सबैभन्दा बढी अन्तर्राष्ट्रिय खेल खेल्ने कीर्तिमान बराबरी गरेका छन्। यो रोनाल्डोको १९६ औं अन्तर्राष्ट्रिय खेल हो। उनले कुवेतका बादर अल मुतावाको कीर्तिमान बराबरी गरेका छन्।



