Monday, February 17, 2025
राशिफलयस्तो छ  मंसिर २५ गते देखी पुस २ गतेसम्मको साप्ताहिक राशिफल

यस्तो छ  मंसिर २५ गते देखी पुस २ गतेसम्मको साप्ताहिक राशिफल

यस्तो छ  मंसिर २५ गते देखी पुस २ गतेसम्मको साप्ताहिक राशिफल – ज्योतिष शास्त्रमा चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ। सोही अनुसार उनीहरूको दैनिकी कस्तो रहन्छ ? भन्ने विषयमा भविष्यवाणी गरिन्छ ।

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ

शुभचिन्तकहरूको सुझावलाई बेवास्ता गर्दा दुःख पाइनेछ। साथीभाइ टाढा हुनेछन्। चिताएको काम सम्पादन भए पनि मनले ढुक्क हुन नसकिएला। शुभचिन्तकहरूको सुझावलाई मनन गर्नुहोला। बुधवारदेखि स्थितिमा सुधार आउनाले रोकिएका काम बन्नेछन्। पहिलेका चुनौती हट्नाले व्यवहारमा फाइदा हुनेछ। तर अध्ययनमा ध्यान केन्द्रित नहुन सक्छ। प्रतिष्ठा र अधिकारका लागि संघर्षमा उत्रनुपरे पनि प्रतिद्वन्द्वी परास्त हुनेछन्। सप्ताहान्तमा परिस्थितिले साथ दिनाले जीवनशैलीमा सुधार आउनेछ।यो साताका लागि शुभ अङ्क १,७ र शुभ रङ्ग खैरो वा रातो हो । कुनै शुभकर्म गर्नु पूर्व नवग्रहको स्मरण गरि कार्य आरम्भ गर्दा अधिक सफलता मिल्नेछ ।

वृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो

प्रारम्भमा अर्थलाभ हुनेछ। तर आश्वासन बाँड्नेहरूले झुक्याउन सक्छन्। कामको अवसर प्राप्त भए पनि तत्काल प्रतिफल हातलागी नहुन सक्छ। पहिलेका सम्झौता तोड्नुपर्ने परिस्थिति आउन सक्छ। अरूको भरले मात्र काम पूरा नहुन सक्छ। अन्योलमा मान्यजनको सुझाव शिरोधार्य गर्दा सामान्य लाभ हुनेछ। रोकिएका काम दोहोर्याउनुपर्ला। सप्ताहान्तमा स्थिति अनुकूल बन्नाले रोकिएका काम सम्पादन गर्न सकिनेछ। सहपाठीहरू सहयोगीका रूपमा देखा पर्नेछन्। आँटले नयाँ काम समेत प्रारम्भ हुनेछ।यो साताका लागि शुभ अङ्क ४,५ र शुभ रङ्ग निलो वा गुलाबी हो । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि महासरस्वतीको दर्शन गरि कार्य आरम्भ गर्दा सफलता प्राप्त हुनेछ ।

मिथुन -का, कि, कु, घ, ङ, छ, के, को, ह

साताको प्रारम्भ रमाइलो रहनेछ। बुद्धिले लक्ष्यमा पुर्याउनेछ। महत्त्वाकांक्षी काम सुरु हुनेछ। व्यक्तित्व निखार्ने अवसर जुट्नेछ। चिताएको काम बन्नेछ। पहिलेका कमजोरीलाई सुधार्ने मौका छ। सहयोगीहरूले राम्रो साथ दिनेछन्। आम्दानीका स्रोत बढ्नुका साथै आर्थिक अभाव सुल्झनेछ। सप्ताहान्तमा परिस्थिति केही असहज बन्ने हुँदा बोली-व्यवहारमा सजग रहनुहोला। धेरै बोल्ने बानीले विवाद निम्त्याउनेछ। हिम्मत गर्दा व्यावहारिक चुनौती पन्छाउन सफल भइनेछ। दीर्घकालीन योजना प्रारम्भ गर्न सफलता मिल्नेछ। यो साताका लागि शुभ अङ्क ३,९ र शुभ रङ्ग कलेजी वा घ्यू रङ्ग हो । शुभकर्म गर्नु पूर्व भैरवजीको दर्शन गरि कार्य आरम्भ गर्दा अधिक सफलता मिल्नेछ ।

कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो

प्रारम्भमा केही खर्च लागे पनि साता उत्साहवर्द्धक रहनेछ। नयाँ कामको प्रस्ताव आउनेछ भने साथ दिनेहरू पनि फेला पर्नेछन्। प्रतिष्ठित काम गर्दै नाम, दाम र इनाम कमाउने बेला छ। रचनात्मक काम प्रारम्भ गर्ने समय छ। बुधवारदेखि काम रोकिनाले आर्थिक पक्ष प्रभावित बन्न सक्छ। शुभचिन्तकहरूले आफ्ना कमजोरीप्रति गुनासो गर्न सक्छन्। भौतिक साधन उपयाेग गर्न समस्या पर्नेछ। तापनि सप्ताहान्तमा स्थितिमा सुधार आउनेछ। सहयोगीहरूले साथ दिनेछन्। लगनशीलताले गुमेको प्रतिष्ठा दिलाउनेछ। यो साताका लागि शुभ अङ्क ६,७ र शुभ रङ्ग सेतो वा हरियो हो । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि विष्णु भगवानको दर्शन गरि आरम्भ गर्दा लाभ मिल्नेछ ।

सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे

प्रारम्भमा खर्च बढ्नाले अर्थ अभाव देखा पर्न सक्छ। रोकिएका काममा दोहोर्याएर प्रयत्न गर्नुपर्ला। टाढाको यात्रा गर्ने अवसर प्राप्त हुनेछ। स्रोत जुट्नाले दिगो काम थालनी गर्न भने सकिनेछ। बुधवारदेखि स्थितिमा सुधार आउनेछ। तर नयाँ काम प्राप्त भए पनि विवादास्पद जिम्मेवारी वहन गर्नुपर्ला। साइनो गाँस्नेहरूका लागि जुट्दैमा समय बित्न सक्छ। आलोचकहरूले आत्मसम्मानमा चोट पुर्याउलान्। तापनि व्यवसायमा धनलाभ हुने सम्भावना छ। स्राेत–साधन जुट्नाले दिगो फाइदा हुने काम प्रारम्भ हुनेछ।यो साताका लागि शुभ अङ्क १,७ र शुभ रङ्ग सेतो वा सुन्तला हो । कुनै शुभकर्म गर्नु पूर्व देवीजीको दर्शन गरि कार्य आरम्भ गर्नाले लाभ मिल्नेछ ।

कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो

परिस्थितिसँग सम्झौता गर्नुपरे पनि गरेको कामले आशा जगाउनेछ। तर छिटो फल प्राप्त गर्ने आकांक्षाले समस्या निम्त्याउनेछ। समयको मागअनुसार चल्ने प्रयास गर्नुहोला। रकम बाहिरिनाले अर्थ अभाव खट्किन सक्छ। सहयोगीहरूको भर पर्दा काम दोहोर्याउनुपर्ला। विदेश ताक्नेहरूलाई यात्राको प्रक्रिया अघि बढ्न सक्छ। सप्ताहान्तमा आफन्तसँग रमाइलो भेटघाट हुनेछ। साथीभाइको सहयोग जुट्नाले काम बन्नेछ। मिहिनेत गर्दा अभीष्ट पूरा हुन सक्छ। स्वास्थ्य भने त्यति सन्तुलित नहुन सक्छ, खानपानमा सजग रहनुहोला।यो साताका लागि शुभ अङ्क २,६ र शुभ रङ्ग पहेँलो वा हरियो रङ्ग हो । कुनै शुभकर्म गर्नु पूर्व दुर्गाजीको स्मरण गरि यात्रा गर्नाले सफलता मिल्नेछ ।

तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते

प्रारम्भमा केही समस्या देखापरे पनि मेहनत गर्ने बानीले अप्ठ्यारो परिस्थितिबाट जोगाउनेछ। मिहिनेतले सम्मानित स्थान दिलाएरै छाड्नेछ। अवसरका लागि जोखिमपूर्ण काममा जुट्नुपर्ने हुन सक्छ। दीर्घकालीन योजनाहरू गोप्य राख्नुहोला। संघर्ष गर्दा प्रतिफल अवश्यै प्राप्त हुनेछ। सञ्चित कर्मफल प्राप्त हुनेछ। शुक्रवारदेखि फजुल खर्च बढ्नाले ऋण–कर्जा समेत बढ्न सक्छ। समयमा होसियार नबन्दा पनि काममा बाधा पुग्नेछ। केही लाभांश बाहिरिए पनि विदेश ताक्नेहरूलाई यात्राको प्रक्रिया अघि बढ्न सक्छ। यो साताका लागि शुभ अङ्क ३,९ र शुभ रङ्ग हरियो हो । कुनै शुभकर्म गर्नु पूर्व विघ्नहर्ता गणेशजीको दर्शन गरि गरेको कार्यबाट लाभ मिल्नेछ ।

वृश्चिक -तो, ना, नि, नु, ने, नो, या, यि, यु

सुरुमा केही संघर्ष गर्नुपरे पनि सुखदुःखमा साथ दिनेहरू भेटिनेछन्। विशिष्ट व्यक्तिसँग भेटघाट गर्ने अवसर जुट्नेछ। लगनशीलताले दाम, इनाम एवं प्रतिष्ठा दिलाउनेछ। आध्यात्मिक ज्ञानको प्रेरणाले अशान्ति हट्नेछ। इतिहास एवं धर्म–संस्कृतिको जगेर्नामा रुचि जाग्नेछ। अरूलाई प्रभावित पारेर विशेष उपलब्धि हातपार्न सकिनेछ। प्रतिष्ठित कामले समाजमा स्थापित गराउनेछ। तारिफयोग्य काम गर्दै लोकप्रियता हासिल गर्न सकिनेछ। प्रयत्न गर्दा नोकरी प्राप्त हुन सक्छ। दिगो काम प्रारम्भ हुनेछ र आम्दानी बढ्नेछ। यो साताका लागि शुभ अङ्क ३,७ र शुभ रङ्ग निलो वा रातो हो । कुनै शुभकर्म गर्नु पूर्व शिवजीको दर्शन गरि गरेको कार्यबाट अधिक सफलता मिल्नेछ ।

धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे

वादविवादले समस्या निम्त्याउन सक्छ। तापनि बुद्धिको उपयोगले समस्या सुल्झाउन सफल भइनेछ। बीचमा खर्च बढ्नेछ भने अस्वस्थताले कमजोर भएको अनुभूति हुनेछ। अध्ययनमा बाधा पुग्नेछ। आफ्ना कमजोरीको फाइदा अरूले उठाउन सक्छन्, सजग रहनुहोला। बुधवारदेखि स्थितिमा सुधार आउनेछ। चुनौती देखिए पनि समस्याको जड पत्ता लाग्नेछ। मिहिनेत गर्दा अवसर प्राप्त हुनेछन्। सुखदुःखमा साथ दिनेहरू फेला पर्नेछन्। सप्ताहान्तमा सामाजिक प्रतिष्ठा प्राप्त हुनेछ। आयस्रोत बढाउन सफल भइनेछ।यो साताका लागि शुभ अङ्क ३,६ र शुभ रङ्ग हरियो वा गुलाबी हो । कुनै शुभकर्म गर्नु पूर्व शिवजीको स्मरण गरि कार्य आरम्भ गर्दा अधिक लाभ हुनेछ ।

मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि

प्रियभेटले साताको प्रारम्भ रमाइलो रहनेछ। रमाइलो यात्रा र मनोरञ्जनको आनन्द प्राप्त हुनेछ। अतिथिका रूपमा सत्कार पाइनेछ। प्रेम र मित्रताको बन्धन कसिलो हुनेछ। बीचमा भने केही समस्यासँग जुध्नुपर्ला। बुधवारपछि आफ्ना कमजोरीको फाइदा अरूले उठाउने प्रयत्न गर्नेछन्। काम बिग्रने डरले सताउन सक्छ। स्वास्थ्यका लागि खानपानमा सजग रहनुहोला। सप्ताहान्तमा स्थिति अनुकूल बन्नेछ। समस्या दर्साउँदा सहयोगीहरूले साथ दिनेछन्। मिहिनेत गर्दा अध्ययनमा पनि राम्रो प्रतिफल प्राप्त हुनेछ। यो साताका लागि शुभ अङ्क १,६ र शुभ रङ्ग रातो वा निलो रङ्ग हो । कुनै शुभकर्म गर्नु पूर्व विष्णुजीको आरधना गरि कार्य गर्नाले सफलता मिल्नेछ ।

कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द

पहिलेका समस्या दोहोरिनाले अलमलमा परिएला। गलत व्यक्तिको विश्वास गर्नाले धोका हुन सक्छ। गोपनीयता बाहिरिनाले पनि समस्या आइपर्ने देखिन्छ। पछिका लागि केही वस्तु त्याग्नुपर्ने हुन सक्छ। उधारोमा व्यापार गर्नुपर्ला। बुधवारदेखि केही उपलब्धि हातलागी हुनेछ। रोकिएका काम बन्नाले आर्थिक पक्ष सबल बन्नेछ। स्रोतसाधन जुट्नाले जीवनशैलीमा परिवर्तन आउनेछ। प्रियजनसँग भेटघाट हुनेछ। मित्रता र प्रेमको बन्धन कसिनेछ। सप्ताहान्तमा भने काम, दाम र स्वास्थ्यमा केही बाधा हुने देखिन्छ। यो साताका लागि शुभ अङ्क २,८ र शुभ रङ्ग निलो वा सेतो हो । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि भैरवजीको दर्शन गरि कार्य आरम्भ गर्दा अधिक सफलता मिल्नेछ ।

मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि

प्रारम्भमा बुद्धिले समस्या सुल्झाउन सकिनेछ। रोकिएका काम बन्नाले उत्साह जाग्नेछ। मिहिनेत गर्दा अध्ययनमा राम्रो प्रगति हुनेछ। रोकिएका काम बन्नाले नयाँ योजनातर्फ अग्रसर भइनेछ। भौतिक साधन जुट्नाले दिगो काम सुरु गर्न सकिनेछ। अधिकार र प्रतिष्ठा जोगाउन सफल भइनेछ। मेहनतले प्रतिस्पर्धाको दौड जिताउन सक्छ।बुद्धिले लक्ष्यमा पुर्याउनेछ। व्यवसायका लागि रमाइलो यात्रा गर्नुपर्ला। सप्ताहान्तमा भने अरूलाई दिएको वचन पुर्याउन नसक्ता आलोचित बन्नुपर्ला। वादविवादले सम्बन्ध बिग्रन सक्छ। यो साताका लागि शुभ अङ्क ४,८ र शुभ रङ्ग हरियो वा कालो हो । कुनै शुभकर्म गर्नु अघि हनुमानजीको आरधना गरि यात्रा गर्नाले अधिक सफलता मिल्नेछ ।

spot_img
spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

ताजा
सिफारिस
बिज्ञापन
spot_img