इन्फो नेपाल — सञ्चारको सञ्जाल

अझै भेटिइनन् झाँक्रीसँग फुलपाती सेलाउन कोशी गएकी १६ वर्षीया किशाेरी

इटहरी । इटहरीकी १६ वर्षीया अस्मिता चौधरी बेपत्ता भएकी छन् । गत वैशाख ३० गतेदेखि बेपत्ता इटहरी-१५ की १६ वर्षीया अस्मिता चौधरी बेपत्ता भएकी हुन् । उनकाे अवस्था अझै अज्ञात रहेकाे छ । अस्मितालाई झारफुक गर्ने झाँक्रीसँग फुलपाती सेलाउन कोशीमा गएदेखी उनकाे अवस्था अज्ञात रहेकाे किशोरीका बुवा पशुपति चौधरीले बताएका छन् । चौधरी भन्छन् काका लालु चाैधरी र विराटनगर घर भएका झाँक्री दिनेश मण्डलले मोटरसाइकलमा राखी फुलपाती सेलाउन कोशी नदीमा गएकी थिइन् २५ दिन भयाे अझैसम्म घर फर्किएकी छैन । यस बियषमा अस्मिताका अभिभावकहरूले इलाका प्रहरी कार्यालय पकलीमा मानव अपहरण तथा शरीर बन्धक आरोपमा दुई जनाविरुद्ध जाहेरी दिएका छन् । प्रहरीले काका लालु चाैधरी र सनी मण्डल लाई पक्राउ गरेको छ भने झाँक्री दिनेश भने अझै फरार रहेको इलाका प्रहरी कार्यालय पकलीले जनाएकाे छ । प्रहरीको प्रारम्भिक अनुसन्धानबाट अस्मितालाई विराटनगरको सनी मन्दिर पुर्‍याएको खुल्न गएकाे छ । घटनाको सम्बन्धमा थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएकाे छ । यता किशोरीका बुवा पशुपति चौधरी प्रहरीकहाँ धाउँदा धाउँदा अाफु हेरान भएकाे र प्रहरीले राम्राे संग नखाेजिदिएकाे अाराेप लगाएका छन् ।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क