इन्फो नेपाल — सञ्चारको सञ्जाल

अदालतको आदेश कुल्चँदै धरानका मेयर हर्क साम्पाङले दिए घर भत्काइदिने धम्की

सुनसरी : धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले निजी जग्गामा बनेको घर भत्काइदिने धम्की दिएका छन् । साम्पाङ केही दिनअघि सर्दु जलाधार क्षेत्रमा रहेको रोशन तथा रोजिना अधिकारीको जग्गामा दलबलसहित गएर वृक्षरोपण गरेका थिए । तर, अदालतले उक्त जग्गामा वृक्षरोपण नगर्न आदेश दिएको थियो । सोमबार साम्पाङले सो क्षेत्रमा पुगेपछि उनी र जग्गाधनीबीच विवाद भएको थियो । जग्गाधनी रोजिनाले अदालतको पत्रसमेत देखाउँदै यो आफ्नो निजी जग्गा भएकाले रोपिएका बिरुवा उखेलिदिने बताएकी छिन् । रोजिनाले अदालतको पत्रसमेत देखाएपछि साम्पाङ ‘तिमीहरूको घर भत्काइदिन्छु’ भन्दै त्यहाँबाट फर्किएका थिए । जग्गाधनी रोजिनाले आफ्नो व्यक्तिगत जग्गामा हस्तक्षेप गर्न आएको भन्दै साम्पाङलाई थर्काएको भिडिओ सार्वजनिक भएको थियो । भिडिओ भाइरल भएसँगै साम्पाङले फेसबुकमा स्टाटस लेखेका हुन् । साम्पाङले फेसबुक स्टाटस लेख्दै आफूमाथि अभद्र व्यवहार’ गर्नेलाई पक्राउ गर्न माग गरेका छन् । २४ घण्टाभित्र पक्राउ नगरिए मुद्दा दायर गर्ने उनको चेतावनी छ । सो भिडियो अहिले सामाजिक सञ्चालमा भाइरल भइरहेको छ ।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क