इन्फो नेपाल — सञ्चारको सञ्जाल

‘अनुदानमा आएको एमसीसी त चाहिँदैन भन्ने हो भने फेरी कुन मुखले ऋण र सहयोग माग्ने ?’

काठमाडौं । सत्तापक्षकै दलको विरोधका कारण काठमाडौको सडक तातेको छ । अमेरिकी सहयोग एमसीसीका कारण अहिले मुलुकमा रडाको छ । राजनीति दलहरुबीच ध्रुविकरण भएको छ । नेपाली कांग्रेसले एमसीसी अनुमोदन गर्ने औपचारीक निर्णय गरेपछि धु्रविकरण बढेको हो । प्रधानमन्त्री शेरवहादुर देउवा अब जसरी पनि एमसीसी संसदमा टेबल गर्नुपर्ने पक्षमा छन् । त्यसका लागि उनले सत्तापक्ष र विपक्ष सबै दलसंग परामर्श जारी राखेका छन् । एकातिर एमसीसीमा दलहरुबीच सहमति जुट्न सकेको छैन भने अर्को तिर नेकपा एमालेले सभामुखको राजिनामा माग्दै संसद अवरुद्ध गर्दै आएको छ । जसका कारण एमसीसीका बारेमा कुनै निर्णय हुन पाएको छैन । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले अनुदानमा प्राप्त एमसीसी समेत नलिएपछि नेपालले पूर्वाधार बनाउनका लागि कसैसँग पैसा लिने अवस्था नरहने बताएका छन्। शुक्रबार प्रतिनिधि सभाको बैठकबाट बाहिरिँदै उनले यतिबेला सबै जिम्मेवार बन्नुपर्ने बताए। शुक्रवारको बैठक १० मिनेटमा सकिएको थियो । एमालेले गरेको अवरोधका कारण शुक्रवार पनि संसद बैठक सूचारु हुन पाएन । संसद भवनवाट बाहिरिदै गरेका नेता थापाले भने, पूर्वाधारका लागि आएको ५०, ६० अर्ब नेपाललाई चाहिँदैन, हामी आफैं सक्छौँ र गर्छौँ भन्ने हो भने अब योभन्दा अगाडिको यात्रामा नेपालले कुनै पनि पूर्वधार बनाउनका निम्ति नेपालले कोहीसँग पनि पैसा चाहिन्छ भन्ने सक्ने अवस्था रहँदैन। अनुदान त चाहिँदैन भनेपछि ऋण त लिने कुरै भएन। अब अनुदान कतैबाट लिनुभएन। ऋण कतैबाट लिनुभएन। अनुदान र ऋण नलिइसकेपछि अब हाम्रो पूर्वाधार बनाउने आकांक्षा पूरा गर्नेचाहिँ कसरी हो ? कसैले बताइदिनुपर्‍यो, उनले भने। सित्तैमा आएको अनुदान नचाहिने भएपछि ऋण किन लिने ? उनको भनाइ थियो। उनले आफू एमसीसीका सन्दर्भमा संसद्‌मा छलफल कुरिरहेको बताए। जे निर्णय गर्ने हो संसदवाटै गर्नुपर्ने उनको भनाई थियो । म त संसद्को डिबेट कुरिरहेको हो। एउटा एउटा बुँदामा डिबेट गरौँला भनेर कुरेको होु, उनले भने, यहाँ त डिबेट नै गर्न नपाएर मात्रै हो। होइन भने, हामी सबै जवाफदेही हुनुपर्छ। हामी सबैले यसमा काम गरेर आएको हो।

सम्बन्धित समाचार

दानबहादुर कार्कीको रिटमा कारण देखाऊ आदेश

काठमाडाैँ । सर्वोच्च अदालतले निवर्तमान प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीलाई पदबाट हटाउने सरकारको निर्णयविरुद्ध दायर रिटमा कारण देखाऊ आदेश जारी गरेको छ। न्यायाधीश श्रीकान…

इन्फो डेस्क

पूर्वशिक्षामन्त्री सुमना श्रेष्ठले काठमाडौँ महानगरको मेयरमा उम्मेदवारी दिने

काठमाडाैँ । पूर्वशिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले आगामी स्थानीय तह निर्वाचनमा काठमाडौँ महानगरपालिकाको मेयर पदमा उम्मेदवारी दिने घोषणा गरेकी छिन्। ​बुधबार सामाजिक…

इन्फो डेस्क

Latest in English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

जनताको समर्थनबाट एमाले पुनः सरकारमा फर्किन्छ : अध्यक्ष ओली

काठमाडाैँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टी पुनः सरकारमा फर्किने दाबी गरेका छन्। बुधबार काठमाडौंमा सुरु भएको पार्टीको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै उनले जन…

इन्फो डेस्क