इन्फो नेपाल — सञ्चारको सञ्जाल

अनुमतिमै पाइलटले जहाजलाई नेपालगञ्ज अवतरण गराएका हुन् : वायुसेवा निगम

नेपाल वायुुसेवा निगमले निगमको निर्णयअनुसारै रुकुम जाने विमानलाई नेपालगञ्ज अवतरण गराइएको स्पष्ट पारेको छ । निमगले बुधबार विज्ञप्ति जारी गरेर मौसम प्रतिकुलताले निर्धारित समयमा जहाज उड्न नसक्दा र अन्तर्राष्ट्रिय नियमअनुसार ड्युटी समयभन्दा बढी पाइलटको काममा लगाउन नसकिने भएकाले रुकुम जाने जहाजलाई नेपालगञ्ज अवतरण गराउने निर्णय गर्नुपरेको स्पष्ट पारेको हो । निगमले जारी गरेको विज्ञप्ति : मिति : २०७८ मंसिर ८ गते काठमाडौं – रुकुम नेपालगन्ज उडान सम्बन्धमा नेपाल वायुसेवा निगमको ध्यानाकर्षण । मिति २०७४ मंसिर ५ गतेको लागि तय भएको काठमाडौं–रुकुम (सल्ले) उडान सम्बन्धमा निगमको ध्यानाकर्षण भएको छ । सो सम्बन्धमा सत्यतथ्य विवरण स्पष्ट पार्न चाहान्छौ । आइतबार बिहान ६ः१५ मा उडान हुने जहाजको लागि ५.१५ मा उडान कर्मचारीहरुलाई त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल बोलाइएको थियो तर मौसम प्रतिकुलताका कारण काठमाडौं–स्कुम (सल्ले) उडान हुन नसकेपछि उडान रद्द गरिएको थियो । मौसममा क्रमिक सुधार आएपछि रद्द भएको उडान अपरान्ह २ः१५ बजेको लागि पुनः सञ्चालन गर्ने तालिका तय भयो । त्यसपछि विमान चालक÷परिचारक एवं यात्रुलाई फोन गरेर पुनः विमानस्थल बोलाइयो । तर उडान रद्द भएर घर फर्किएका यात्रुहरुलगायत सबैजना आइपुगेर उडान भर्न लाग्दा अपरान्ह २ः ५८ भएको थियो । काठमाडौ–रुकुम (सल्ले) उडान भरिसक्दा अपराह्नको कम्तिमा ५ बज्ने अवस्था थियो । अर्कोतर्फ, बिहान ५ः१५ बजे देखि नै ड्युटी सुरु भएको विमान चालकको ड्युटी आवर ४ बजे पुरा भइसक्ने र तोकिएको ड्युटी आवरभित्र रुकुम पुगेर नेपालगन्ज फकिन असमर्थ हुने अवस्था आएपछि नेपालगन्जसम्म मात्र उडान भर्ने निर्णय भएको थियो ।  हवाइ उडान सम्बन्धी नियामक निकाय अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन÷नेपाल नागरिक उड्यन प्राधिकरणको उडानसम्बन्धी नियमले पाइलटको फ्लाइट डयूटी अवधि दैनिक १० घण्टाको सिमा निर्धारण गरेको कारण त्यस दिन रुकुम (सल्ले) उडान नगर्ने निर्णय भएको थियो । रुकुम र नेपालगन्ज जाने यात्रुहरुलाई काठमाडौमै राखीरहनु भन्दा नेपालगन्ज सम्म पुयाएर स्कुम जाने यात्रुहरुलाई निगमको. नियमानुसार होटलमा राखी भोलिपल्ट विहानै रुकुम पुयाउनु पर्ने अवस्था निगमको बाध्यता र उचित निर्णय पनि थियो। पुनश्चः निगमले मध्ये पश्चिम तथा सूदुर पश्चिम क्षेत्रलाई मध्येनजर गर्दै विगत एक महिनादेखि व्यावसायिक÷उद्धार उडान समेत सञ्चालन गर्दै आइरहेको सन्दर्भमा निगमसँग विमानको न्युनताको कारण अर्को दिनको उडान तालिकामा समेत कुनै असर नपुगोस् भन्ने हेतुले अन्तिम विकल्प स्वरुप उक्त निर्णय लिनु परेको हो । विविध प्राविधिक अड्चन तथा अन्य विविध कारणवश् हुन पुगेको यस घटना उप्रान्त दोहोरिन नदिने प्रतिवद्धता जाहेर गर्दछौ। अर्चना खड्का संयोजक : मिडिया सेल

सम्बन्धित समाचार

अर्को वर्षदेखि पर्वतीय जलवायु कार्यक्रम सञ्चालन गर्न नेपालको प्रस्ताव

मकवानपुर । नेपालले सन् २०२७ देखि पर्वतीय क्षेत्र र जलवायु परिवर्तनसम्बन्धी छुट्टै कार्यक्रम सञ्चालन गर्न कोप–३१ को निर्णय मस्यौदामा तीनबुँदे प्रस्ताव पेस गर्ने भएको छ। जलवायु परिवर…

इन्फो डेस्क

आज विराटनगरको हावा अत्यधिक दूषित,देशका धेरैजसो शहरमा प्रदूषण बढ्यो

काठमाण्डौँ । काठमाडौँ उपत्यकासहित देशका विभिन्न सहरमा वायु प्रदूषणको मात्रा ह्वात्तै बढेको छ। आज बिहान देशका अन्य सहरहरूको तुलनामा विराटनगरको वायु सबैभन्दा बढी अस्वस्थ मापन गरिएको…

इन्फो डेस्क

Latest in English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

वायु प्रदूषणले तराईको आकाश धुम्मियो, बुटवल र झापामा उच्च प्रदूषण

काठमाडाैँ । तराई क्षेत्रमा वायु प्रदूषणको मात्रा अत्यधिक बढेको छ। पश्चिमको कैलालीदेखि पूर्वको झापासम्मको आकाश धुम्मिएको छ भने बुटवल र झापाको वायु गुणस्तर 'निकै अस्वस्थकर' श्रेणीमा…

इन्फो डेस्क