इन्फो नेपाल — सञ्चारको सञ्जाल

अबैध नेटवर्किङ धन्दा गर्ने इटहरीका तीन कम्पनीमा ताला

सुनसरी / अबैध नेटवर्किङ धन्दा गर्ने इटहरीका तीन कम्पनीमा इटहरी उपमहानगरपालिकाले तालाबन्दी लगाएको छ । उजुरी र गुनासोहरु आउन थालेपछि उपमहानगरपालिकाले इटहरीका तीन वटा कम्पनीमा ताला लगाएको छ । साथै सञ्चालकलाई तीन दिनभित्र उपस्थित हुन निर्देशनसमेत दिएको छ । इटहरीमा रहेको ग्लोबल ओरेन्स, हेल्दी लिभिङ नेपाल र रोयल एसोसेट नामक कम्पनीमा इटहरी उपमहानगरपालिकाका अनुगमन टोलीले ताला लगाएका छन् । ऐन, नियमावलीमा नेटवर्किङ र पिरामिड शैलीको व्यापार व्यवसाय गर्न नपाइने उल्लेख भए पनि कम्पनीहरुले सोप्रकारको व्यवशाय गरेको पाइएको हो । इटहरीका मेयर हेमकर्ण पौडेल आफै यो काममा खटिएका छन् । युवाहरुलाई आर्थिक प्रलोभन दिइ पैसा असुल्ने र अवैध तरिकाले नेटवर्क मार्केटिङमा लगाइ ठग्ने गुनासोलाई आफूले सुक्ष्म तरिकाले अध्ययन गरी एक्सन लिएको बताएका छन् । कम्पनीमा आबद्व व्यक्तिहरूले आफ्नो सम्पर्कमा रहेका र नयाँ चिनजानसमेत गरी उनीहरूलाई सामान्य व्यापार व्यवसाय र जागिरहरूको तुलनामा अथाह पैसा कमाउन सकिने आश्वासन बाड्ने गरेका थिए । यस्ता कम्पनिहरुले जटिल रोग निको पारिदिने झुटो आश्वासनसमेत दिने गरेका छन् । चिकित्सा विज्ञानले नै निको पार्न नसक्ने रोगहरु निको पारिदिने भन्दै मानिसहरुलाई ठग्ने गरेको समेत उजुरीका आधारमा कम्पनिहरुमा अनुगमन गरी तालाबन्दी गरिएको हो । कम्पनीहरूले इजाजत एउटाको लिने, काम अर्कै गर्ने गरेको पाइएको अनुगमन समितिकी संयोजक, उपमेयर संगीता चौधरीले बताइन् । केही दिनअघि मात्र पनि उपमहानगरपालिकाले एकेएम कम्पनिमा अनुगमन गरी सञ्चालकहरुलाई बोलाएको थियो ।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क