इन्फो नेपाल — सञ्चारको सञ्जाल

अमेरिकामा कार दुर्घटनामा दुई नेपाली विद्यार्थीको मृत्यु

हेटौँडा | अमेरिकाको लुइसियानामा भएको कार दुर्घटनामा दुई नेपाली विद्यार्थीको मृत्यु भएको छ। आइतबार राति करिब ९ बजे लुइसियाना राज्यको राजमार्ग ८० मा भएको दुर्घटनामा लुइसियाना टेक युनिभर्सिटीमा अध्ययनरत दुई जना नेपालीले ज्यान गुमाएका हुन्।

लुइसियाना स्टेट पुलिसले जारी गरेको विज्ञप्तिअनुसार मृतकमध्ये २२ वर्षीय राजन यादव र २० वर्षीय रोजिन ओली रहेका छन्। दुवैजना नेपाली विद्यार्थी युनिभर्सिटीको विद्यार्थी रहेको प्रहरीले जनाएको छ।

प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार गाडी यादवले चलाइरहेका थिए। दुर्घटनाको समयमा भारी वर्षा भइरहेको र गाडी सडकको दायाँपट्टि गएर रूखमा ठोक्किएपछि आगलागी भएको प्रहरीले जनाएको छ। यादव र ओलीको घटनास्थलमै मृत्यु भएको हो।

सोही कारमा सवार अन्य दुई व्यक्तिलाई उद्धार गरी अस्पताल पुर्‍याइएको प्रहरीले जनाएको छ। उनीहरूको परिचय भने हालसम्म खुलाइएको छैन।

दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

घटनापछि लुइसियाना टेक युनिभर्सिटीले पनि विज्ञप्ति जारी गर्दै दुःख व्यक्त गरेको छ। ‘हामीले एक दुखद कार दुर्घटनामा दुई अन्तर्राष्ट्रिय विद्यार्थी गुमाएका छौं,’ विज्ञप्तिमा भनिएको छ, ‘पूरा लुइसियाना परिवार उनीहरूको निधनले शोकाकुल छ। थप दुई विद्यार्थी गम्भीर घाइते छन् र उपचाररत छन्।’

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क