इन्फो नेपाल — सञ्चारको सञ्जाल

अमेरिकी सेनाको जहाज काठमाडौंमा अवतरण, जहाज आएपछि सामाजिक सञ्जालमा तरङ्ग!

काठमाडौं । अमेरिकी सेनाको जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको छ । अमेरिकी कूटनीतिज्ञलाई लिएर शुक्रबार बिहान एयर फोर्स काठमाडौं आएको जनाइएको छ । ‘अमेरिकी कूटनीतिज्ञलाई लिएर युएस एयर फोर्स (अमेरिकी सेना) को जहाज काठमाडौं आएको हो,’ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्थित अध्यागमन कार्यालयका सूचना अधिकृत खेमराज उपाध्यायले जानकारी दिए । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा जहाज आएलगत्तै सामाजिक सञ्जालमा फोटो र भिडियो राखेर चर्चा गर्न सुरू भएको छ। विमानस्थलका अनुसार शुक्रबार बिहान सवा नौ बजे काठमाडौं आएको थियो। के अमेरिकी सेना नेपाल आएर बस्छ ? कतिपयले हल्ला गरिरहेका छन्– लिपुलेकमा भारतीय सेनाजस्तै अमेरिकाले अमेरिकी सेना ल्याएर राख्छ । यो सबैभन्दा हावादारी कुरा हो । सम्झौतामा कहीँ कतै अमेरिकी सेना नेपाल आएर बस्ने कुरा उल्लेख छैन । नेपालले एमसीसी नेपालको स्थापना गरिसकेको छ । यसको अर्थ हो, परियोजनाको कार्यान्वयन नेपालले नै गर्छ । कतिपयले एमसीसी लागू भए मुलुक इराक र सिरियाजस्तै हुने अफवाह फैलाइरहेका छन् । यो कुतर्क हो । इराक र सिरियामा अमेरिकाको सामरिक महत्त्व छ, उनीहरूबीच सैन्य सम्झौता छ, एमसीसी सैन्य सम्झौता होइन ।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क