इन्फो नेपाल — सञ्चारको सञ्जाल

अलबिदा एयर होस्टेस ओसीन आलेमगर

काठमाडौं । बिहान काठमाडौंबाट पोखराका लागि उडेको विमानमा प्रशिक्षक बरिष्ट पाइलट कमल केसी, यही उडानबाट फूल क्याप्टेनको दर्जा पाउन लागेकी को–पाइलट अन्जु खतिवडा, विमान परिचारिका अर्थात् एयर होस्टेस सृजना होंगचुन र ओसीन आलेमगर रहेको नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । प्राधिकरणका अनुसार ५३ नेपाली, ५ जना भारतीय, ४ जना रशियन, १ जना अष्ट्रेलियन, १ जना अर्जेन्टीनी, २ जना कोरियाली नागरिक गरि कुल ७२ जना सवार थिए । एयर होस्टेस ओसीन आलेमगर चितवनकी हुन् । उनको निधनले चितवनबासी मार्ग हैन सम्पूर्ण नेपाली स्तब्ध भएका छन् । अझ आज मगरहरुको महान पर्व माघी हो । यही पवित्र दिनमा हज्जारौंलाई सेवा गरेकी मगर समुदायकी चेलीको अकल्पनीय निधनले सबै स्तब्ध बनेको सामाजिक सञ्जालमा देख्न सकिन्छ । अधिकांशले अलबिदा लेखिरहेका छन् । उनी अत्यन्तै मृदुभाषी, काममा दक्ष र योग्य थिइन् । आज उनी अल्पआयूमा नै अस्ताइन् । अलबिदा ओसीन आलेमगर । तपाइको आत्मले शान्ति पाओस् । शोकाकुल परिवारमा हार्दिक समवेदना !

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क