Monday, January 13, 2025
फिचरदुर्घटनामा परेको विमानका क्याप्टेन केसीसँग थियो ३२ वर्षे उडान अनुभव

दुर्घटनामा परेको विमानका क्याप्टेन केसीसँग थियो ३२ वर्षे उडान अनुभव

काठमाडौं। दुर्घटनामा परेको यती एयरलाइन्सलाई क्याप्टेन कमल केसीले उडाएका थिए। उनलाई अञ्जु खतिवडाले साथ दिएकी थिइन्।

यती एयरको ९ एन एएनसी जहाजलाई क्याप्टेन केसीले नै पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो परीक्षण उडान गरेका थिए। जुन २२ डिसेम्बरमा थियो। केसीसँग जहाज उडाएको ३२ वर्ष लामो अनुभव थियो।

निगमकै एक क्याप्टेनका अनुसार उनी निकै राम्रा र अनुभवी पाइलट हुन्। क्याप्टेन केसी ७२ सिटे एटीआर जहाजको प्रशिक्षक पाइलटसमेत हुन्।

उनी पहिला नेपाल वायुसेवा निगममा टिनवअनर जहाज चलाउँथे। निगम छोडेर केसी यती एयरलाइन्स गएका थिए। जहाज उडानको क्रममा समस्या आएपछि क्याप्टेन केसीले बस्ती जोगाएर सेतीको खोंचमा लगेको हुनसक्ने कतिपयको आँकलन छ।

दुर्घटनानजिकै अल्कापुर भन्ने बस्ती छ। त्यही बस्ती बचाउन चालकले दुर्घटना हुन लाग्दा जहाजलाई खोंचमा लगेका हुन सक्ने देखिएको छ।

आइतबार बिहान पोखरा अन्तर्राष्ट्रिय विमानस्थल नजिकै नयाँ गाउँको सेती खोंचमा विमान दुर्घटना भएको हो। विमानमा ६८ यात्रु र ४ जना चालक दलका सदस्यसहित ७२ जना सवार थिए

बिहान साढे १० बजे काठमाडौंबाट पोखराका लागि उडेको ९ एन–एएनसी विमान पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने क्रममा पुरानो एअरपोर्ट र नयाँ एअरपोर्टको बीचमा रहेको नयाँगाउँस्थित सेतीको खोंचमा दुर्घटनामा परेको थियो।

यो पनि:

spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

Advertisement

सिफारिस

spot_img