इन्फो नेपाल — सञ्चारको सञ्जाल

अवैध भनेर बरामद गरिएको चिनी प्रहरी कार्यालयबाट गायब

धनगढी । अवैध रुपमा भारतबाट भित्राइएको भन्दै बरामद गरिएको ९००* किलो चिनी जिल्ला प्रहरी कार्यालय कैलालीबाट गायब भएको छ । रातभर जिल्ला प्रहरी कार्यालय परिसरमा राखिएको चिनी बिहानपख नभेटिएको र भन्सारमा बुझाइएको रेकर्ड पनि नभएकाले प्रहरीले तस्करलाई नै फिर्ता गरिदिएको आरोप लागेको छ । भदौ ८ गते राति करीब साढे ११ बजेको समयमा भारतबाट अवैध रुपमा अटो रिक्सामा लोड गरेर ल्याउँदै गरेको अवस्थामा प्रहरीले ५० किलो तौलका १८ बोरा चिनी प्रहरी नायब निरीक्षक (सई) मदन धामी नेतृत्वको टोलीले बरामद गरेको थियो । अटो रिक्सा चालक धनगढी उपमहानगरपालिका-९ बस्ने अन्दाजी २९ वर्षीय ठकुल्ला थरका एक युवकलाई पनि नियन्त्रणमा लिएर चिनी जिल्ला प्रहरी कार्यालयमा पुर्‍याइएको थियो । रातभर प्रहरी कार्यालयमा भएको चिनी बिहान गायब भएपछि अवैध रुपमा भारतबाट चिनी ल्याउने व्यापारीलाई नै फिर्ता गरिदिएको आरोप प्रहरीमाथि लागेको छ । स्रोतकाअनुसार प्रहरीले बरामद गरेको चिनी भारतीय मूलका गुप्ता थरका एक जना व्यापारीको हो । सई नेतृत्वको टोलीले बरामद गरेको चिनी जिल्ला प्रहरी कार्यालयका एसपी सोमेन्द्रसिंह राठौरको निर्देशनमा उनै गुप्तालाई फिर्ता गरिएको स्रोतको दाबी छ ।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क