इन्फो नेपाल — सञ्चारको सञ्जाल

असार ३१ गतेदेखी साउन ६ गतेसम्मको साप्ताहिक राशिफल

असार ३१ गतेदेखी साउन ६ गतेसम्मको साप्ताहिक राशिफल– ज्योतिष शास्त्रमा चन्द्रमा अनुसार साप्ताहिक फलादेश हुन्छ। सोही अनुसार उनीहरूको सप्ताह कस्तो रहन्छ ? भन्ने विषयमा भविष्यवाणी गरिन्छ । मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) मेष राशिका लागि यो साता शुभ रहेको छ । यो सातामा चिताएको कामले तीव्रता पनि लिनेछ । साताको शूरुवात मा नै चन्द्रमाको गोचर तृतिय भावमा रहने हुनाले कुनै पनि कार्यमा तपाईको साहस तथा पराक्रम बलियो रहने छ । यो साता आम्दानी बढ्नेछ । व्यापार व्यवसाय बाट उचित लाभ हुनेछ । पारिवारिक सम्बन्ध सुमधुर रहनेछ । प्रेम सम्बन्ध पनि यो साता सुमधुर रहनेछ । विद्यार्थीका लागि हेर्दा पढाईमा कमजोरी हुन सक्ने देखिन्छ । मन अस्थिर रहनाले पढाई विग्रन सक्नेछ । अचल सम्पत्ति हात पर्ने योग पनि छ । यो साताका लागि शुभ अङ्क १,६ र शुभ रङ्ग हरियो हो । शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि बगलामुखीको ध्यान गरि कार्य आरम्भ गर्दा लाभ प्राप्त हुनेछ । बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) साताको शुरुमा चन्द्रमाको गोचर धन स्थानमा रहनेछ। यो सातामा रोकिएको धन हात पर्ला । यो साता व्यापार व्यवसाय बाट प्रशस्त धन आर्जन हुनेछ । बोलीको प्रभाव बढ्नेछ । परिवार तथा साथीभाई सँग रमाईलो एवं मनोरञ्जनात्मक कार्य मा संलग्नता हुनेछ । सामाजिक कार्यमा मन जानेछ भने ईज्जत र प्रतिष्ठा समेत बढ्नेछ । साझेदारीका कार्यबाट लाभ हुनेछ । अध्ययन अध्यापन कार्य कमजोर रहनेछ । विद्यार्थीका लागि प्रतिकुल रहेको छ । नोकरी गर्नेहरुका कार्य स्थलमा सहयोगी बातावरण प्राप्त हुनेछ । प्रेम तथा पारिवारिक जिवन सामान्य रहनेछ । साताको अन्त्यमा अनावश्यक ठाउँमा धन खर्च होला । यो साताका लागि शुभ अङ्क १,९ र शुभ रङ्ग रातो वा कालो हो । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि नवग्रहको स्मरण गरि कार्य आरम्भ गर्दा सफलता मिल्नेछ । मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) मिथुन राशिका लागि यो साता शुभ रहेको छ । यो साता सरकारी निकायको भय रहला । साताको शुरुमा चन्द्रमाको गोचर पहिलो घरमा रहने हुनाले आत्मविश्वास एवं आत्मसम्मान बलियो रहनेछ । तपाईको कार्यको प्रशंसा हुनेछ । यो साता आर्थीक अवस्था मिश्रित रहनेछ । साथी भाई सँग रमाईलो भेटघाट हुने एवं सहकार्य हुने अवसर जुट्नेछ। व्यापार व्यवसायमा लगानी अनुसार प्रतिफल मिल्न सहि योजनाका साथ निरन्तर परिश्रम आवश्यक छ । प्रेम तथा पारिवारिक जिवन सुमधुर रहनेछ । विद्यार्थीको पढाईमा विभिन्न कारण बस वाधा आउन सक्नेछ । सकारात्मक सोच का साथ परिश्रम गर्नु आवश्यक छ । आफना आफन्तको सहयोग बाट महत्वपुर्ण कार्यमा सफलता मिल्नेछ । यो साता प्रेम सम्बन्ध सुमधुर रहनेछ । प्रेमीको सहयोग पनि प्राप्त हुनेछ । यो साताका लागि शुभ अङ्क २,८ र शुभ रङ्ग सिन्दुरे वा पहेँलो हो । कुनै शुभकर्म गर्नु पूर्व विघ्नहर्ता गणेशजीको दर्शन गरि कार्य आरम्भ गर्दा अधिक सफलता मिल्नेछ । कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) कर्कट राशिका लागि यो साता मिश्रित रहनेछ। यो सातामा शैक्षिक क्षेत्रमा पनि सफलता मिल्नेछ । आईतबार र सोमबार बाह्रौं भावमा चन्द्रमाको गोचर बाट साताको शुरुवात हुनेछ । जसले गर्दा तपाईको यो साता नसोचेको क्षेत्रमा खर्च हुन सक्नेछ । काममा बढि दौडधुप हुने तर उपलब्धि भने कम हात लाग्नेछ। मंगलबार देखि भने अवस्थामा सुधार हुनेछ तपाईको नोकरीमा सफलता मिल्नेछ । कार्यस्थलमा सकारात्मक वाताबरण कायम हुनेछ । बौद्धिक क्रियाकलापमा चासो बढ्नेछ । नयाँ सवारी साधन जोड्ने योग छ । व्यापार व्यवसायमा विस्तार हुनेछ । प्रेम तथा पारिवारिक जिवन सकारात्मक रहनेछ । सोमबार र मंगलबार भने अनावश्यक खर्च बढ्ने र चिन्ता बढ्ने देखिन्छ । विद्यार्थीको पढाई बाहेक का गतिविधिमा मन जान सक्नेछ । सचेत रहनुहोला । यो साताका लागि शुभ अङ्क २,७ र शुभ रङ्ग सुन्तला वा सेतो हो । कुनै शुभकर्म गर्नु अघि हनुमानजीको आरधना गरि यात्रा गर्नाले सफलता मिल्नेछ । सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) साताको शुरुमा लाभ स्थान मा चन्द्रमाको प्रभाव रहने हुनाले यो साता व्यापार व्यवसाय बाट प्रशस्त आम्दानी हुने देखिन्छ । आत्मविश्वास एवं आत्मसम्मान उच्च रहनेछ । नोकरीमा सफलता मिल्नुका साथै सामाजिक कार्यबाट ईज्जत र प्रतिष्ठा समेत बढ्नेछ । व्यापार व्यवसाय बाट उचित मुनाफा आर्जन हुनेछ । परिवारमा मेलमिलाप र एकता कायम हुनेछ । आफ्नो जिवन साथि बाट भने उचित साथ र सहयोग प्राप्त हुनेछ । विद्यार्थीको पढाइमा कमजोरी देखिन सक्ने हुनाले बढि ध्यान दिनु आवश्यक छ । समयको सही सदुपयोग पनि हुनेछ । यो साताका लागि शुभ अङ्क ७,८ र शुभ रङ्ग पर्पल वा घिउ रङ्ग हो । कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि भैरवजीको स्मरण गरि कार्य आरम्भ गर्दा अधिक सफलता हात पर्नेछ । कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) कन्या राशिका लागि यो साता उत्तम रहने देखिन्छ । कर्म स्थानमा चन्द्रमा को गोचर बाट साताको शूरुवात हुनाले यो साता नोकरी गर्ने हरुका लागि शुभ समय रहनेछ । सामाजिक एवं आध्यात्मिक कार्यमा मन जानेछ । सामाजिक मान प्रतिष्ठा बढ्नेछ । साथीभाईको साथ र सहयोग ले आत्मविश्वास बढ्नेछ । यो साता व्यापार व्यवसाय मा सकारात्मक समय रहनेछ । आम्दानी बढ्नेछ । परिवारमा मेलमिलाप र शान्ति कायम हुनेछ । प्रेम सम्बन्ध पनि सुमधुर रहनेछ । आफ्नो प्रेमी सँग देखिने मनमुटावहरु छिटै समाधान हुनेछन्। वैदेशिक क्षेत्रबाट पनि सफलता मिल्नेछ । शुभकार्यको चर्चा पनि चल्नेछ । यो साताका लागि शुभ अङ्क ३,९ र शुभ रङ्ग घिउ रङ्ग हो । कुनै शुभकर्म गर्नु पूर्व दुर्गादेवीको स्मरण गरि कार्य आरम्भ गर्दा राम्रो हुनेछ । तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) तुला राशिका लागि यो साता शुभ रहेको छ । साताको शुरुवातमा नै चन्द्रमा को गोचर नवम भावमा रहने हुनाले आफुले गर्ने हरेक कार्यमा भाग्यले साथ दिनेछ । आर्थिक अवस्था सकारात्मक रहनेछ । व्यापार व्यवसाय बाट पनि उचित लाभ मिल्नेछ । कार्य स्थलमा तपाईको कार्यको प्रशंसा हुनेछ । सन्तान बाट सुख हुनेछ । त्यसैगरि धन बचत हुनेछ । बिद्यार्थीको पढाईका लागि उत्तम साता रहेको छ । प्रेम तथा पारिवारिक जिवन पनि सुखद रहनेछ । परिवारका सदस्य सँग रमाईला पलहरु बिताउन सक्नुहुनेछ । धार्मिक तथा समाजसेवामा मन पनि लाग्नेछ । यो साताका लागि शुभ अङ्क ५,६ र शुभ रङ्ग गुलाबी हो । कुनै शुभकर्म गर्नु पूर्व महादेवको आरधना गरि कार्य आरम्भ गर्दा लाभ प्राप्त हुनेछ । वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) वृश्चिक राशिका लागि यो साता मिश्रित रहने देखिन्छ । साताको शूरुमा आईतबार र सोमबार चन्द्रमाको गोचर अष्टम भावमा रहने हुनाले स्वाथ्य सम्बन्धि समस्या देखिन सक्नेछ । कतिपय कार्यमा शत्रुबाधा भएर काममा रोकावट हुन सक्नेछ । मंगलबार देखि भने अवस्थामा सुधार हुनेछ । दाम्पत्य सम्बन्ध प्रगाढ रहनेछ । यो साता मिष्ठान्न भोजन प्राप्त हुनेछ । साथीभाई सँग रमाईला पल हरु व्यतित हुनेछन । नोकरीमा सफलता मिल्नेछ । व्यवसाय बाट उचित लाभ मिल्नेछ । विद्यार्थीलाई अध्ययन कार्यमा मन जानेछ । सामान्य यात्राको योग छ । गरेका काममा ढिलासुस्ती पनि हुनेछ । यो साताका लागि शुभ अङ्क ३,९ र शुभ रङ्ग घ्यू रङ्ग हो । कुनै शुभकर्म गर्नु पूर्व विष्णु भगवानको ध्यान गरि कार्य आरम्भ गर्दा शुभ फल मिल्नेछ । धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) यो सातामा मनमा हर्ष, उमङ्ग र उत्साह छाउनेछ । धनु राशिका लागि यो साता मिश्रित रहने छ । साताको शुरुमा चन्द्रमाको गोचर सप्तम भावमा रहने हुनाले सुन्दरता एवं भोग विलासमा मन जान सक्नेछ। जिवनसाथी सँग रमाईला पल हरु व्यतित हुने योग छ । साझेदारीका कार्यबाट लाभ हुने एवं व्यापारिक कार्यका लागि यात्रा हुने योग छ । स्वास्थ्य अवस्था सकारात्मक रहनेछ । व्यापार व्यवसाय मा विस्तार हुनेछ । आम्दानीका क्षेत्रहरु बढ्दै जानेछन । नोकरी गर्ने हरुका लागि पनि सकारात्मक रहनेछ । प्रेम तथा पारिवारिक जिवन सुखद रहनेछ । विद्याथीृको पढाई भने कमजोर हुन सक्नेछ । राम्रो ध्यान दिनु आवश्यक छ । यो साताका लागि शुभ अङ्क ६,९ र शुभ रङ्ग सेतो वा हरियो हो । कुनै शुभकर्म गर्नु पूर्व शिवजीको स्मरण गर्नाले सफलता हात पर्नेछ । मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) मकर राशिका लागि यो साता शुभ रहेको छ । साताको शुरुमा छैठौं भावमा चन्द्रमाको गोचर रहने हुनाले शत्रुहरु पराजित हुने छन । मातृ एवं मामली पक्ष बाट साथ र सहयोग प्राप्त हुन सक्नेछ । आफ्ना सन्तान बाट सुख प्राप्त हुनेछ । यो साता तपाईको सिर्जनसिलता बढ्नेछ । तपाइको बौद्धिक क्षमताको उचित कदर हुनेछ । व्यापार व्यवसायमा सफलता मिल्नेछ । विद्यार्थीको पढाईमा मन जानेछ । परिवारमा मेलमिलाप र शान्ति बढ्नेछ । प्रेम सम्बन्ध सुमधुर रहनेछ । यो साताका लागि शुभ अङ्क ३,८ र शुभ रङ्ग आकाशे निलो हो । शुभकर्म गर्नु पूर्व आफ्नो कुलदेवताको स्मरण गरि कार्य आरम्भ गर्दा शुभ फल प्राप्त हुनेछ । कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) कुम्भ राशिका लागि यो साता शुभ रहनेछ । साताको शुरुमा चन्द्रमाको गोचर पञ्चम भावमा रहने हुनाले बौद्धिक एवं सामाजिक कार्यमा सक्रियता बढ्नेछ। यो साता शारिरिक तथा मानसिक अवस्था सबल रहनेछ । सामाजिक एवं राजनितिक क्षेत्रमा तपाईको उचाई बढ्नेछ । सन्तान बाट सुख प्राप्त हुनेछ। आर्थिक अवस्था सबल रहनेछ । व्यापार व्यवसाय बाट उचित मुनामा आर्जन हुनेछ । नोकरिमा तपाईको कार्यको उचित कदर हुनेछ । आफ्ना दाजुभाई तथा परिवारका अन्य सदस्य सँग सुमधुर सम्बन्ध कायम हुनेछ । अध्ययन अध्यापन कार्य सफल रहनेछ । सहि योजना का साथ निरन्तर परिश्रम आवश्यक छ । धेरै पछि सफल र लामो यात्राको योग पनि छ । यो साताका लागि शुभ अङ्क २,६ र शुभ रङ्ग गुलाबी वा कालो हो । कुनै शुभकर्म गर्नु पूर्व गणेशजीको दर्शन गरि कार्य प्रारम्भ गर्दा अधिक सफलता मिल्नेछ । मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) यो सातामा धार्मिक, सामाजिक र अरुको हित हुने काममा समय व्यतीत हुनसक्छ । मनमा उत्साहका साथै बोली बिक्ने समय छ । रोकिएका सरकारी काम सुल्झाउने राम्रो समय छ । शुभकार्यको चर्चा चल्नेछ । व्यावसायिक काममा राम्रै फड्को मार्न सकिनेछ । साताको मध्यमा सरकारी निकायको भय रहला । यो साताका लागि शुभ अङ्क ४,७ र शुभ रङ्ग सेतो हो । शुभकर्म गर्नु पूर्व महाकालीको आरधना गरि यात्रा गर्दा सफलता प्राप्त हुनेछ ।

सम्बन्धित समाचार

मंसिर ४ गते शुक्रबारको भाग्यफल

वृष, कर्कट, तुला र मीन राशिका व्यक्तिका लागि पारिवारिक सुख, आर्थिक योजना र व्यक्तिगत सम्बन्धका दृष्टिले अनुकूल संकेत छन्। मेष, मिथुन, कन्या र धनु राशिका व्यक्तिले कामकाज, अध्ययन तथ…

ज्यो. प. धुर्वराज सुबेदी

मंसिर ३ गते बिहीबारको भाग्यफल

आज २०८३ साल मंसिर ३ गते बिहीबार। आज कात्तिक शुक्ल दशमी तिथि परेको छ। विश्व शौचालय दिवस, अन्तर्राष्ट्रिय पुरुष दिवस तथा विश्व दर्शनशास्त्र दिवस पनि आजै मनाइँदै छ। मंसिर महिनाको सुरु…

ज्यो. प. धुर्वराज सुबेदी

Latest in English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मंसिर २ गते बुधबारको भाग्यफल

आज २०८३ साल मंसिर २ गते बुधबार। आज कात्तिक शुक्ल नवमीका अवसरमा कुष्माण्ड नवमी तथा अक्षय नवमी मनाइँदै छ। यस दिन अमलाको वृक्ष र भगवान् विष्णुको पूजा गर्ने धार्मिक परम्परा छ। हेटौँडाक…

ज्यो. प. धुर्वराज सुबेदी