इन्फो नेपाल — सञ्चारको सञ्जाल

आइतबार यी ठाउँहरूमा वर्षा, हेर्नुहोस् आगामी तिन दिनको मौसम पूर्वानुमान

काठमाडौं | आइतबार दिउँसो कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका पहाडी भेगहरूमा आंशिकदेखि साधारण बदली रही बाँकी क्षेत्रहरूमा आंशिक बदली रहने अनुमान छ। कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भेगका केही स्थानहरू तथा अन्य पहाडी भेगका एक-दुई स्थानहरूमा मेघगर्जन/चट्याङ्गसहित हल्का वर्षा हुने सम्भावना रहेको छ। उच्च पहाडी तथा हिमाली क्षेत्रका केही स्थानहरूमा हल्का हिमपातको पनि सम्भावना छ। आइतबार राति देशभर आंशिकदेखि साधारण बदली रहने अनुमान छ। देशका पहाडी भेगका केही स्थानहरू र बाँकी क्षेत्रका एक-दुई स्थानहरूमा मेघगर्जन/चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ भने उच्च पहाडी तथा हिमाली क्षेत्रका केही स्थानहरूमा हल्का हिमपातको पनि सम्भावना छ। सोमबार दिउँसो कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका पहाडी भेगहरूमा आंशिकदेखि साधारण बदली रही बाँकी क्षेत्रहरूमा आंशिक बदली रहने अनुमान छ। कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानहरू तथा अन्य प्रदेशका एक-दुई स्थानहरूमा मेघगर्जन/चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ। सोमबार राति कोशी प्रदेशलगायत बागमती र गण्डकी प्रदेशका पहाडी भेगहरूमा आंशिकदेखि साधारण बदली रही बाँकी क्षेत्रहरूमा मौसम मूख्यतया सफा रहने अनुमान छ। कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भेगका केही स्थानहरूमा मेघगर्जन/चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ। उच्च पहाडी तथा हिमाली क्षेत्रका केही स्थानहरूमा हल्का हिमपातको सम्भावना छ। मौसम विभागले कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा मेघगर्जन/चट्याङ्गसहित हल्का वर्षा तथा उच्च पहाडी र हिमाली क्षेत्रका केही स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेकाले त्यस क्षेत्रमा दैनिक जनजीवन लगायत विभिन्न क्षेत्रमा असर पर्न सक्ने भन्दै आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क