इन्फो नेपाल — सञ्चारको सञ्जाल

आगमती तीन दिन अधिकांश प्रदेशमा भारी वर्षाको सम्भावना

हेटौँडा |  मौसम पूर्वानुमान महाशाखाले आगामी तीन दिन देशभरि सामान्यदेखि धेरै स्थानमा वर्षा हुने  चेतावनी दिएको छ। १८ गते आइतबार राति कोशी, बागमती, गण्डकी र लुम्बिनीका हिमाल तथा पहाडमा मध्यमदेखि धेरै भारी वर्षाको सम्भावना छ। तराई क्षेत्रमा पनि तीव्र वर्षा हुने अनुमान गरिएको छ। मधेश प्रदेशमा तराईमै भारी वर्षा अपेक्षित छ। कर्णाली र सुदूरपश्चिमका हिमाल र पहाडमा मध्यम वर्षा हुने देखिन्छ। १९ गते सोमबार कोशी, बागमती, गण्डकी र लुम्बिनीमा दिउँसो र राति दुवै समयमा मेघगर्जन, चट्याङ्गसहित मध्यमदेखि भारी वर्षा हुने सम्भावना छ। मधेश प्रदेशको तराईमा पनि मध्यमदेखि भारी वर्षा हुने अनुमान छ। कर्णाली र सुदूरपश्चिममा हिमाल र पहाडमा मध्यम वर्षा र तराई क्षेत्रमा केही स्थानमा भारी वर्षा हुनसक्छ। २० गते मंगलबार कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका अधिकांश स्थानमा मेघगर्जन, चट्याङ्गसहित मध्यमदेखि भारी वर्षा हुने सम्भावना छ। मधेश प्रदेशको तराईमा दिउँसो केही स्थानमा र राति धेरै स्थानमा मध्यम वर्षा हुने देखिन्छ। कर्णालीमा हिमाल र पहाडमा मध्यम वर्षा अपेक्षित छ। मौसमविद्हरूले विशेषगरी तराई र पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावनाले बाढी, पहिरो र जलजमावको जोखिम बढ्ने चेतावनी दिएका छन्।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क