इन्फो नेपाल — सञ्चारको सञ्जाल

आगलागीबाट घरबार गुमाएका परिवारलाई पुनर्स्थापनाका लागि मन्त्री चौधरीको पहल

इटहरी | सुनसरी जिल्लाको बर्जु गाउँपालिका-४ मा गत फागुन ४ गते भएको आगलागीबाट घरबार गुमाएका परिवारलाई पुनर्स्थापना गर्ने पहल भएको छ। माननीय महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्री एवं सुनसरी निर्वाचन क्षेत्र नं. ३ की सांसद् भगवती चौधरीले बिभिन्न संघसंस्थासँग सहकार्य गरेर आगलागी पिडित परिवारका लागि घर बनाइदिने घोषणा गरेकी छन्। पुनर्बासका लागि संघीय सरकारले प्रवासी नेपाली संघ (एनआरएनए) र ताइवानी संस्था चुजी फाउन्डेसनसँग सहकार्य गर्ने भएको छ। करिब २७ घरपरिवारका लागि आवास तथा स्कुल निर्माण गरिने भएको छ। मन्त्री चौधरीले आगलागीबाट पिडित परिवारको पुनर्बासका लागि सरकारले सबै दातृ निकायसँग सहकार्य गर्ने बताएकी छन्। पिडित परिवारले पनि आफ्नो पुनर्बास र जीवनरक्षाका लागि पहल गर्न मन्त्री चौधरीलाई अनुरोध गरेका छन्। उक्त कार्यक्रममा बोल्दै प्रदेश सभा सदस्य रोहित बहादुर कार्कीले पनि आगलागी पिडितको पुनर्बासका लागि आवश्यक कार्य गर्न संघीय र स्थानीय सरकारसँग सहकार्य गर्ने बताए। कार्यक्रममा गैरआवासीय नेपाली संघ, समाज कल्याण परिषद् र चुजी फाउन्डेसनका प्रतिनिधिको पनि सहभागिता रहेको थियो। यसअघि पनि मन्त्री चौधरीको पहलमा आगलागी पिडितलाई राहत सामग्री वितरण गरिएको थियो भने रेडक्रसले पनि राहत सामग्री प्रदान गरेको छ।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क