सप्तरी: सप्तरीको सुरुङ्गा नगरपालिका र तिरहुत गाउँपालिकामा आज आगलागी हुँदा पाँच जनाको घरगोठ जलेर नष्ट भएको छ । सुरुङ्गा–९ टिकुलिया बस्ने ४० वर्षीय मन्जुर मियाँ, ४३ वर्षीय ज्याउ लमियाँ, ४६ वर्षीय सहदा फमियाँ र ४५ वर्षीय दरगैइ मियाँको घरगोठ जलेर नष्ट भएको हो ।
आगलागीका कारण थाहा हुन सकेको छैन । नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्थानीयवासीले शम्भुनाथ नगरपालिका र सिरहाको लहान नगरपालिकाबाट आएको वारुणयन्त्रको सहयोगमा आगो निभाएका थिए ।
यस्तै तिरहुत–५ मेहता टोल बस्ने ५० वर्षीय जुगेश्वर यादवको फुसको घरमा आज आगो लागेर नष्ट भएको छ । जस्तापाताको छाना भएको गोठ घरमा रहेको घुरबाट आगो सल्किएर फैलिएको स्थानीयवासीले बताएका छन् । आगलागीबाट जस्ताको छानो र पराल भएको घर र काठ, दाउरा जलेर क्षति भएको छ ।
बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।
हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…
KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…
मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…