इन्फो नेपाल — सञ्चारको सञ्जाल

आगामी २४ घण्टामा कोशी, बागमती र गण्डकी प्रदेशमा हल्का देखि मध्यम वर्षाको सम्भावना

काठमाडौं | जल तथा मौसम विज्ञान विभागले आगामी २४ घण्टाको मौसम पूर्वानुमान जारी गर्दै देशका केही स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको जनाएको छ। मनसुनी वायुको प्रभावका साथै बंगलादेशको उत्तर भू-भाग र भारतको पश्चिम बंगालमा बनेको न्यून चापीय प्रणालीको आंशिक प्रभावले मौसममा बदली हुने अनुमान गरिएको छ। असोज १९ गते शनिबार राति कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि साधारणतया बदली रहनेछ भने बाँकी भू-भागमा आंशिक बदलीसहित मौसम मुख्यतया सफा रहने अनुमान गरिएको छ। कोशी, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा तथा अन्य प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङ्गसहित हल्का देखि मध्यम वर्षा हुने सम्भावना छ। आइतबार दिनभर देशभर आंशिकदेखि साधारण बदली रहिरहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा मेघ गर्जन र चट्याङ्गसहित हल्का देखि मध्यम वर्षा हुने सम्भावना छ। राति पनि पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रहने अनुमान गरिएको छ, भने कोशी र गण्डकी प्रदेशका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना कायम रहनेछ। सोमबार पनि देशभर आंशिकदेखि साधारण बदली रहनेछ। कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जनसहित हल्का देखि मध्यम वर्षा हुन सक्ने सम्भावना छ। राति पनि यस्तै मौसम रहने अनुमान छ। कोशी, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा तथा अन्य प्रदेशका केही स्थानहरूमा मेघ गर्जन र चट्याङ्गसहित हल्का देखि मध्यम वर्षा हुने सम्भावना रहेकोले कृषि, स्वास्थ्य, पर्यटन, सडक तथा हवाई यातायातमा असर पर्ने सम्भावना रहेको विभागले जनाएको छ। त्यस्तै, ती क्षेत्रमा गेग्रान बहाव, बाढी, पहिरो र भू-क्षयको जोखिम रहन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन विभागले आग्रह गरेको छ।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क