इन्फो नेपाल — सञ्चारको सञ्जाल

आगाे निभाउने क्रममा जलेर ज्यान गुमाएका एकै गाउँका ४ जनाको सामूहिक दाहसंस्कार

अर्घाखाँची : आगाेले जलेर ज्यान गुमाएका अर्घाखाँचीको भूमिकास्थान नगरपालिकाकाे ढाकाबांगका चार जनाको सामूहिक दाहसंस्कार गरिएको छ । खाकाबेसीकाे बघमारे घाटमा चार जनाको सामूहिक दाहसंस्कार गरिएको भूमिकास्थान–१ का वडाध्यक्ष गाेपाल खनालले बताए । ढाकाबांगमा आगो निभाउने क्रममा घाइते भएका चार जनाको उपचारका क्रममा ज्यान गएपछि गाउँ नै शोकमा छ । गएकाे मङ्गलवार दिउँसो भूमिकास्थान–२ तिरतिरे गाउँमा सल्किएको आगो निभाउने क्रममा घाइते भएका वेल्वासे टाेलका चारै जनाको उपचारका क्रममा ज्यान गएकाे हाे । आगलागीका घाइतेहरूलाई जिल्ला अस्पताल सन्धिखर्कमा उपचारपछि थप उपचारका लागि मिसन अस्पताल पाल्पा रिफर गरिएको थियो । पाल्पामा उपचार हुन नसकेपछि काठमाण्डाै रिफर गरिएकोमा उपचारका क्रममा काठमाण्डाैमा ज्यान गएकाे थियो । आगलागीमा ७२ वर्षीय पिताम्बर बेल्वासे, ५५ वर्षीय पदम बेल्वासे, ५२ वर्षीय घनश्याम बेल्वासे र ३६ वर्षीय माधव बेल्वासेको ज्यान गएकाे हाे । आगलागीमा परेर घाइते भएकी २६ वर्षीया अस्मिता बेल्वासेको अवस्था सुधार भइरहेकाे छ । उनको पाल्पाको मिसन अस्पतालमा उपचार भइरहेको छ ।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क