इन्फो नेपाल — सञ्चारको सञ्जाल

आजदेखि जोगवनीबाट सामान ल्याउदा अनिवार्य भन्सार लाग्ने

सुनसरी / विराटनगर महानगरपालिकाले आज साउन १ गतेदेखि भारतीय बजार जोगवनीबाट सामान ल्याउन कडाइ गर्ने भएको छ । भारतीय बजारमा किनिएका मालसामानको भन्सार पास नगरी नेपाल भित्र्याउन नदिन जोगवनी भन्सार नाकामा कडाइ गर्न लागिएको छ । बिनाभन्सार मालसामान नेपाल भित्र्याउँदा स्वदेशी बजार अर्थात विराटनगरका व्यापारी प्रभावित भएको भन्दै महानगरपालिले सीमा नाकामा कडाइ गर्न लागेको हो । जसअनुसार साउन १ गतेदेखि जोगवनी नाकाबाट कुनैपनि उपभोक्ताले एक रुपैयाँको सामान पनि भन्सार नतिरी ल्याउन नपाउने गरी कडाइ गरिने मोरङका प्रमुख जिल्ला अधिकारी वीरेन्द्रकुमार यादवले बताए । विराटनगरका मेयर नागेश कोइरालाले महानगरबासीहरुले अत्यधिकरुपमा भारतीय बजार जाँदा विराटनगरको बजार सुक्दै गएका कारण स्थानीय व्यापार प्रवद्र्धनका लागि भन्सारमा कडाइ गर्न लागिएको जानकारी दिए । उनले जोगवनी नगएर विराटनगरमै सामान खरिद गर्न महानगरबासीलाई अपिलसमेत गरेका छन् । जोगवनीमा गएर सामान किनेर विराटनगरका व्यापारीलाई प्रवद्र्धन नगर्ने गरी, यहाँको बजार सुकाउने गरी कार्य भए राम्रो नहुने उनको भनाइ छ । जुनसुकै सामान जोगबनी नाकाबाट खरिद गरे भन्सार नतिरी विराटनगर भित्रिन नदिने उनले बताए । महानगरपालिकाको अभियानमा जिल्ला प्रशासन कार्यालय मोरङ, जिल्ला प्रहरी, सशस्त्र प्रहरी, आन्तरिक राजश्व कार्यालय, व्यापार संघ, उद्योग संगठन, नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेश, विराट व्यापार संघ, उद्योग परिसंघ र विराटनगर भन्सार कार्यालयलले सामूहिक ऐक्यबद्धता जनाएका छन् ।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क