इन्फो नेपाल — सञ्चारको सञ्जाल

आजबाट विजुलीको महशुल घट्यो, मिटर रिडिङ भएको ७ दिनभित्र बुझाउँदा २ प्रतिशत छुट

काठमाडौं । गत कात्तिक १० गते विद्युत नियमन आयोगले गरेको निर्णय अनुसार आज (बुधबार)देखि विजुलीमा नयाँ महशुल लागू भएको छ । नयाँ व्यवस्थाअनुसार धेरैजसो उपभोक्ताको शूल्क घटाइएको छ । नेपाल विद्युत प्राधिकरणले पनि आजबाट नयाँ महशुल दरअनुसार बिलिङ गर्नेछ । आजबाट मासिक २० युनिटभन्दा कम विद्युत खपत गर्ने १९ लाख ८६ हजार विपन्न वर्गका उपभोक्ताहरुले निःशुल्क विजुली बाल्न पाउने छन् । उनीहरुले इनर्जी शुल्कका रुपमा मासिक ३० रुपैयाँ शुल्क तिरे पुग्ने बताइएको छ । त्यस्तै अब सिंगल फेज तथा थ्रीफेजबाट विद्युत् खपत गर्ने उपभोक्ताहरुले आफ्नो मिटरको क्षमता निःशुल्क रुपमा बढाउन पाउनेछन् ।अब सिंगल फेज प्रयोगकर्ताको न्यूनतम शुल्क २५ रुपैयाँ घट्नेछ । त्यस्ता उपभोक्ताका लागि इनर्जी शुल्क पनि अब कम लाग्ने बताइएको छ । सिंगल फेजबाट मासिक १ सय ५१ देखि २ सय ५० युनिटसम्म विद्युत् खपत गर्ने उपभोक्ताले इनर्जी शुल्क प्रतियुनिट ९ रुपैयाँ ५० पैसा तिर्नुपर्नेछ, भने सिंगल फेजमार्फत मासिक ४ सय युनिटभन्दा माथि खपत गर्ने उपभोक्ताले यस्तो शुल्क प्रतियुनिट ११ रुपैयाँ तिर्नुपर्नेछ । त्यस्तै अब उपभोक्ताहरुले मिटर रिडिङ भएको ७ दिनभित्र महसुल बुझाउँदा २ प्रतिशत छुट पाउने भएका छन् । यता सरकारी अस्पताल तथा स्वास्थ्यचौकीहरुले भने बिलिङ भएको २१ दिनभित्र महशुल तिर्दा कुल बिल रकममा २० प्रतिशत छुट पाउनेछन् ।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क