इन्फो नेपाल — सञ्चारको सञ्जाल

आज बाट सुर्खेत विमानस्थल २५ दिन बन्द

काठमाडौं : आज बाट सुर्खेत जिल्लाको विमानस्थल २५ दिनका लागि बन्द भएको छ । धावनमार्ग मर्मतसम्भार गर्नका लागि विमानस्थल २५ दिनका लागि बन्द हुन लागेको छ । धावनमार्ग मर्मतसम्भार गर्नु पर्ने भएकाले मंसिर १० गते देखि पुस ५ गतेसम्म विमानस्थल बन्द हुने सुर्खेतका प्राविधिकरणका इन्जिनियर मुरारी भण्डारीले बताउनुभएको छ ।विमानस्थलको धावनमार्ग ओभाल-ले गर्नुपर्ने भएको कारणले नियमित उडान बन्द हुने नागरिक उड्डयन कार्यलय सुर्खेत जनाएको छ। विमानस्थल मर्मतसम्भार २५ दिनमा सक्ने योजना बनाएका छौं । उहाँका अनुसार २५ दिनको त्यो अवधिमा नियमित उडान बन्दहुन्छ। विमानस्थल मर्मतसम्भारका लागि बन्द हुने भएपछि बुद्ध एयरले नेपालगन्जमा थप उडान गर्ने जनाएका छन् । सुर्खेत विमानस्थल धावनमार्ग मर्मतसम्भार कार्य अवधिभर सुर्खेतका सम्पूर्ण उडान बन्द रहने र हवाई यात्रा थप सहजकताका लागि नेपालगन्जको लागि थप एक उडानसहित दैनिक ६ उडान गर्ने बुद्ध एयरले जानकारी दिएको छ ।

सम्बन्धित समाचार

भीमफेदी सुमो दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

बिहीबार बिहान करिब ८ः३० बजे हेटौँडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना१ज २१४३ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट करिब सात मिटर तल राप्ती खोलामा खसेको थियो ।

बसन्त भण्डारी

रित्तिएका घरमा फर्कियो चहलपहल, पर्यटनले बदल्दै सुपिङको मुहार

हेटौँडा। कुनै समय परिवारका सदस्यको हाँसो, कुराकानी र दैनिकीले भरिएका घरहरू बिस्तारै सुनसान हुँदै गए। रोजगारी, शिक्षा र सुविधाको खोजीमा गाउँ छाड्नेहरू बढ्दै गएपछि आँगनमा झार उम्रिन…

घुमन्ते

English

Nepal Flood 2026: Full Timeline Explained

KATHMANDU — At around 8:40 am on August 26, 2026, a destructive surge entered Nepal through the Bhote Koshi River in Rasuwa, carrying water, mud, rocks and other debris into the Tr…

Info Nepal

मुकुल ढकाल र निशा डाँगी विवाह बन्धनमा बाँधिँदै

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा. मुकुल ढकाल र सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य निशा डाँगी आगामी मंसिर १० गते विवाह बन्धनमा बाँधिने भएका छन्…

इन्फो डेस्क